स्वस्थ छातीका लागि
बालबालिकालाई इन्फ्ल्युन्जा भ्याक्सिन लगाउन सकिन्छ । यसैगरी ६५ वर्षमाथिकाले प्रत्येक १ वर्षको फरकमा इन्फ्ल्युन्जा भ्याक्सिन तथा ५ वर्षको फरकमा निमोनियाँविरुद्धको भ्याक्सिन लगाउनु प्रभावकारी हुन्छ ।
डम्बरकुमारी ढाकाको उपयोग

तुलसा थापा, स्टिचिङ हेड, वुमन्स क्रियसन्स, लाजिम्पाट
ढाका विशेषत: जाडोमा प्रयोग गरिने न्यानो फेब्रिक हो ।
बालबालिकाको भोटो–सुरुवालका लागि मात्र प्रयोगमा आउने ढाका अहिले शिशुदेखि वृद्धवृद्धासम्मका लागि उपयोगी सामग्री निर्मार्ण गर्न प्रयोगमा आउन थालेको छ ।
ढाकाका खोल–तन्ना, पर्दा–कुसन, फ्रक–गाउनजस्ता शिरदेखि पाउसम्मका लत्ताकपडा जाडोका लागि प्रभावकारी साबित हुन्छन् ।
ढाका शतप्रतिशत सुती भएकाले लगाउँदा न्यानो र सहज हुन्छ ।
ढाकालाई शुभको प्रतीक मानिने भएकाले यो विवाह, व्रतबन्ध, पूजाआजा, पास्नी तथा अन्य समारोहमा पनि उत्तिकै उपयोगी छ ।
विशुद्ध नेपाली उत्पादन डम्बरकुमारी ढाकाको प्रयोगको कुनै पाश्र्वप्रभाव छैन ।