कसरी गर्ने भान्साको हेरचाह
काठ तथा बेतबाँसका सामग्रीलाई सर्फ पानीमा चोबेको कपडा निचोरेर सुख्खा बनाएपछि मात्र सफा गर्नुपर्छ । किचन फर्निचरमा सकेसम्म ६–६ महिनाको अन्तरालमा तारपिनको तेल लगाउनुपर्छ जसले गर्दा कीरा लाग्दैन ।

डम्बरकुमारी ढाकाको उपयोग
तुलसा थापा, स्टिचिङ हेड, वुमन्स क्रियसन्स, लाजिम्पाट
ढाका विशेषत: जाडोमा प्रयोग गरिने न्यानो फेब्रिक हो ।
बालबालिकाको भोटो–सुरुवालका लागि मात्र प्रयोगमा आउने ढाका अहिले शिशुदेखि वृद्धवृद्धासम्मका लागि उपयोगी सामग्री निर्मार्ण गर्न प्रयोगमा आउन थालेको छ ।
ढाकाका खोल–तन्ना, पर्दा–कुसन, फ्रक–गाउनजस्ता शिरदेखि पाउसम्मका लत्ताकपडा जाडोका लागि प्रभावकारी साबित हुन्छन् ।
ढाका शतप्रतिशत सुती भएकाले लगाउँदा न्यानो र सहज हुन्छ ।
ढाकालाई शुभको प्रतीक मानिने भएकाले यो विवाह, व्रतबन्ध, पूजाआजा, पास्नी तथा अन्य समारोहमा पनि उत्तिकै उपयोगी छ ।
विशुद्ध नेपाली उत्पादन डम्बरकुमारी ढाकाको प्रयोगको कुनै पाश्र्वप्रभाव छैन ।