Successfully Copied

जाडोमा छालाको स्याहार

–चिसोमा छालालाई मुलायम राख्न मोस्चराइजरको प्रयोग गर्नुपर्छ । –हप्तामा एकपटक मह र दुधको मिसाइएको घरेलु प्याक लगाउँदा छाला चम्किलो एवं मुलयाम देखिन्छ ।

श्रेया गुरुङ ९ सञ्चालक, ओ टु फेसियल टंगाल, भाटभटेनी ०

–चिसो सुरु हुदैछ । यो मौसममा छाला सुख्खा हुने, फुट्ने अनि एलर्जी आउनेजस्ता समस्या देखा पर्छन् ।

–चिसोमा छालालाई मुलायम राख्न मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।

–हप्तामा एकपटक मह र दुधको मिसाइएको घरेलु प्याक लगाउँदा छाला चम्किलो एवं मुलयाम देखिन्छ ।

–१५ दिनको फरकमा एन्टी रिकंल वा एन्टी एजिङ फेसियल गर्दा छाला आकर्षक देखिन्छ ।

–बिहान घरबाट निस्किनु आधा घण्टाअघि राम्रो ब्राण्डको सनब्लक लगाउनु पर्छ ।

–ओठ फुट्न नदिन राती सुत्नुअघि भ्यासलिन, दुधको तर, अथवा लिप बाम लगाउनुपर्छ ।

–आँखावरिपरि डार्क सर्कल तथा रिंकल आउन नदिन मह, तर वा एन्टी रिंकल क्रिम लगाएर हल्का मसाज गर्नुपर्छ ।

 

 Image