Successfully Copied

ब्युटी टेक्नो

अत्याधुनिक प्रविधिले हरेक ठाउँका मानिसको जीवन सहज बनाइदिएको छ । पछिल्लो समयमा ब्युटी एप्स पनि यसैसँग जोडिएर आएको छ । सौन्दर्यको साथी ब्युटी एप्सले थुप्रै कुरामा सघाउन सक्छ । मोडिफेस नामक एप्समा सेल्फी खिचेर कुन सेलिब्रेटीको हेयर स्टाइल आफूलाई सुहाउँछ वा कुन हेयर स्टाइलमा

अत्याधुनिक प्रविधिले हरेक ठाउँका मानिसको जीवन सहज बनाइदिएको छ । पछिल्लो समयमा ब्युटी एप्स पनि यसैसँग जोडिएर आएको छ । सौन्दर्यको साथी ब्युटी एप्सले थुप्रै कुरामा सघाउन सक्छ ।

मोडिफेस नामक एप्समा सेल्फी खिचेर कुन सेलिब्रेटीको हेयर स्टाइल आफूलाई सुहाउँछ वा कुन हेयर स्टाइलमा आफू आकर्षक देखिन सकिन्छ परीक्षण गर्न सकिन्छ । त्यसका अतिरिक्त आफूलाई कुन रंगको केश सुहाउँछ, कस्तो मेकअपमा सौन्दर्य खुल्छ भन्ने कुरा पनि यो एप्सले क्षणभरमै बताइदिन्छ ।

ब्युटिफुल मी एप्सले फोटोको विश्लेषण गरी अनुहारमा चाउरी छ भने कुन सेडको फाउन्डेसन प्रयोग गर्ने, केशलाई कसरी मुलायम, चम्किलो एवं लहराउँदो बनाउने आदि कुरा सिकाउँछ ।

ब्युटिलिस एप्सको सहायताबाट नयाँ सौन्दर्य प्रसाधन र त्यसको ट्ेरन्डका सम्बन्धमा सूचना प्राप्त गर्न सकिन्छ । यसले सौन्दर्यसम्बन्धी ज्ञान अपटेड गर्न मद्दत पुर्‍याउँछ । 

प्रिटी इन माई पकेट नामक एप्स लेटेस्ट इनोभेसनका रूपमा प्रख्यात छ । ब्युटी प्रोडक्टमा बेलाबेलामा नयाँ स्किम, कुपन एवं अफरहरू आइरहेका हुन्छन् । यो एप्सले यस्ता नि:शुल्क अफरहरूका बारेमा तुरुन्त अपडेट गराउँछ ।

 

 Image