टेनिस कोर्टमा जुम्ल्याहा दिदीबहिनीको जादु
टेनिसको ग्ल्यामर र क्रेज नबुझ्दै मायांका–माहिका बल र र्याकेटसँग खेल्न थालिसकेका थिए । टेनिस सिक्नकै लागि उनीहरू बिहानै न्यानो ओछ्यान छाड्थे । हतार–हतार सातदोबाटोस्थित टेनिस कोर्टमा पुग्थे । कडा प्रशिक्षण लिन्थे तर घरका गुरु भने बुवा नै थिए ।



