Successfully Copied

कान्छीमायालाई दमक रनको उपाधि

झापाको दमकमा सम्पन्न तेश्रो दमक रन (मिनी म्याराथन)को महिला तर्फको उपाधि अन्र्तराष्ट्रिय खेलाडी कान्छीमाया कोजुले जितेकी छिन् । गतसाता सम्पन्न १५ किलोमिटरको दुरी ५६ मिनेट २ सेकेण्डमा पार गर्दै सशस्त्र प्रहरी बलकी कोजुले महिला तर्फको उपाधि हात पारेकी हुन् ।

उपाधिसँगै उनले ४० हजार रुपैयाँ नगद पुरस्कार पनि पाएकी छिन् । यसैगरी धरान रनकी निक्की नेम्बाङ्गले सो दुरी १ घण्टा ८ मिनेट ३९ सेकेण्डमा पार गर्दै दोश्रो स्थान प्राप्त गरिन् । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरिन् ।

नेपाली सेनाको त्रिभूवन आर्मी क्लबकी सुमित्रा क्षेत्रीले १ घण्टा १० मिनेट ४० सेकेण्डमा १५ किलोमिटर दुरी पार गर्दै तेश्रो भइन् । उनले १५ हजार रुपैयाँ पुरस्कार जितेकी छिन् ।

यसैगरी १३ देखि १६ वर्ष उमेर समूहको महिलातर्फको दौडमा चन्द्रकला श्रेष्ठ प्रथम, मनिषा राई दोश्रो र आँचल मुर्मु तेश्रो भएका दमक रनका अध्यक्ष विवश राईले जानकारी दिए । उनीहरुले क्रमश: १५ हजार, १० हजार र ५ हजार प्राप्त गरेका छन् ।

 Image