अनिताको कमाल
नेपालकी अनिता कार्कीले थाइल्यान्डको बैंककमा सम्पन्न सीयू ओपन फेन्सिङ च्याम्पियनसिपसमा कांस्य पदक जितेकी छिन् । नेपालले यो खेलमा जितेको यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो, तसर्थ यसको छुट्टै ऐतिहासिक महत्व छ ।

विश्व फुटबल महासंघ (फिफा) को मापदण्डअनुसार अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन गर्न सकिने नेपालको एकमात्र आयोजनास्थल दशरथ रंगशाला हो । यो रंगशालामा विभिन्न उमेर समूहका राष्ट्रिय टोलीले खेल्न भ्याए पनि सिनियर महिला टोलीले भने खेल्न पाएका थिएनन् । महिला टिमले विराटनगर, पोखरा र सातदोबाटोस्थित मैदानमा अन्तर्राष्ट्रिय खेलहरू खेल्दै आएका थिए । भदौ चौथो साता भने बंगलादेशसाग फिफाको मान्यता प्राप्त दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै नेपाली महिला टोलीले दशरथ रंगशालामा डेब्यु गर्यो ।
भदौ २४ मा सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले विजय भएको थियो । नेपालका लागि सविता राना मगर र प्रीति राईले गोल गरेका थिए भने बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् । त्यस्तै, प्रतिस्पर्धात्मक बनेको दोस्रो मैत्रीपूर्ण खेल भने गोलरहित बराबरीमा टुङ्गिएको थियो । सन् २०२२ एएफसी महिला कप छनोटको तयारीस्वरूप नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण उक्त खेल खेलेको हो ।
तस्बिर : केशव थापा