Successfully Copied

चौथो काठमाडौं कलिङ साहित्य महोत्सव जुन ६–७ मा

विभिन्न देशका स्थापित तथा उदाउँदा लेखक, अनुवादक, प्राध्यापक, प्रकाशक, कलाकार र साहित्यप्रेमीहरूलाई एउटै थलोमा जोड्ने यस महोत्सवले दक्षिण एसियाली साहित्यिक संवादलाई नयाँ आयाम प्रदान गर्दै आएको छ।


काठमाडौं । दक्षिण एसियाली साहित्य, कला र संस्कृतिको साझा मञ्चका रूपमा स्थापित ‘काठमाडौं कलिङ साहित्य महोत्सव ९केएलएफ०’ को चौथो संस्करण जुन ६ र ७ ९जेठ २३–२४० मा ललितपुरस्थित होटल हिमालयमा आयोजना हुने भएको छ।
‘सीमाभन्दा पर स् परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ भन्ने मूल विषयवस्तुमा केन्द्रित दुईदिने महोत्सवमा दक्षिण एसियाका चर्चित लेखक, कलाकार, चलचित्रकर्मी, संगीतकार, कूटनीतिज्ञ तथा बुद्धिजीवीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
महोत्सवका संस्थापक निर्देशक तथा क्युरेटर रश्मि रञ्जन परिडाका अनुसार यस संस्करणमा प्यानल छलफल, मुख्य वक्तव्य, कविता वाचन, सांगीतिक प्रस्तुति, लेखकसँग अन्तरक्रिया, पुस्तक विमोचन, कार्यशाला, सांस्कृतिक साँझ तथा अन्तरदेशीय साहित्यिक सहकार्यका विविध कार्यक्रम समावेश गरिएका छन्।
यस वर्षको महोत्सवमा चर्चित गायिका ईला अरुण, साहित्यकार प्रतिभा राय, अभिनेता तथा लेखक पियुष मिश्रा, लेखक एवं चलचित्रकर्मी राज शेखर र आध्यात्मिक व्यक्तित्व आचार्य प्रशान्तलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ। साथै विकास स्वरूप, परमिता सत्पथी, उपेन्द्रनाथ बेहरा, बद्री नारायण, नीना वर्मा, अर्चना सिंह, जयप्रकाश पाण्डे, कुलाधर सैकिया, मालिनी अवस्थी, नारायणी बसु, सतीश पद्मनाभन, यतीन्द्र मिश्र, सन्दीप सिंह, विक्रम सम्पथ, अनन्त विजय, यतीश कुमार, बुद्धिसागर, आशुतोष अग्निहोत्री, सुजीत कुमार र युनुस खान पनि सहभागी हुनेछन्।
परिडाका अनुसार महोत्सवमा दक्षिण एसियाली साहित्य, कला र बौद्धिक परम्पराले समकालीन विश्व, सांस्कृतिक रूपान्तरण, पहिचान, समावेशिता, अध्यात्म तथा सामाजिक परिवर्तनसँग कसरी संवाद गरिरहेका छन् भन्ने विषयमा गहन छलफल हुनेछ।
‘चौथो काठमाडौं कलिङ साहित्य महोत्सवले साहित्य, संगीत, कविता, सिनेमा, नृत्य तथा विविध कलात्मक परम्पराको उत्सव मनाउनेछ। यसले नेपाल, भारत तथा अन्य दक्षिण एसियाली मुलुकबीचको सांस्कृतिक र साहित्यिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिएका छौं,’ परिडाले भने।
यशस्वी प्रज्ञान प्रतिष्ठानको सहकार्यमा आयोजना हुन लागेको महोत्सवकी निर्देशक रञ्जना निरौलाले यस वर्षको विषयवस्तुले पहिचान, बसाइँसराइ, समावेशिता, अध्यात्म, वातावरण तथा सामाजिक सहभागिताजस्ता विश्वव्यापी मुद्दामा दक्षिण एसियाली साहित्य र सांस्कृतिक परम्पराको बढ्दो महत्वलाई उजागर गर्ने बताइन्।
महोत्सवमा ‘गीत सुन्ने कि हेर्नेरु’ शीर्षकमा विशेष बहस आयोजना गरिनेछ, जसमा गीतकार हर्क साउद, रमण घिमिरे र गैरे सुरेश वत्ता सहभागी हुनेछन्। त्यस्तै, ‘नेपाली काव्यको वैश्विक स्वर’ विषयमा श्रवण मुकारुङ, डा। अस्मिता विष्ट र डा। निरज भट्टराईबीच अन्तरक्रिया हुनेछ।
यसका अतिरिक्त ‘समाज, सभ्यता र संस्कृति’, ‘रातो पृथ्वीरतातो पृथ्वी’, ‘नारी लेखन स् समानता र स्वतन्त्रता’, ‘देशभन्दा टाढारस्मृतिभन्दा नजिक’, ‘विद्यावारिधि स् आवश्यकता कि चुनौतीरु’, ‘महोत्सवका चुनौतीहरू’ तथा ‘नेपाल–भारत सिनेमा’ लगायत दुई दर्जनभन्दा बढी विषयमा छलफल आयोजना गरिनेछ। कविता तथा गजल वाचन कार्यक्रम पनि महोत्सवको आकर्षण रहनेछन्।
भारतको ओडिशास्थित भुवनेश्वरमा आधारित कलिङ साहित्य महोत्सव दक्षिण एसियाको प्रतिष्ठित साहित्यिक तथा सांस्कृतिक महोत्सवमध्ये एक हो। सन् २०२२ देखि यसको काठमाडौं संस्करण सञ्चालन हुँदै आएको छ। आयोजकका अनुसार महोत्सवको उद्देश्य नेपाल, भारत तथा दक्षिण एसियाली देशहरूबीच साहित्यिक, सांस्कृतिक, आध्यात्मिक र बौद्धिक सम्बन्धलाई अझ सुदृढ बनाउनु हो।
पछिल्ला वर्षहरूमा केएलएफ लेखक, चिन्तक, कलाकार, चलचित्रकर्मी, संगीतकार, कूटनीतिज्ञ तथा बुद्धिजीवीबीच विचार आदानप्रदानको प्रभावशाली मञ्चका रूपमा स्थापित हुँदै आएको छ। विभिन्न देशका स्थापित तथा उदाउँदा लेखक, अनुवादक, प्राध्यापक, प्रकाशक, कलाकार र साहित्यप्रेमीहरूलाई एउटै थलोमा जोड्ने यस महोत्सवले दक्षिण एसियाली साहित्यिक संवादलाई नयाँ आयाम प्रदान गर्दै आएको छ।

 Image