Successfully Copied

लामिनार टाइल्सले हरिसिद्धिमा नयाँ शोरूम सञ्चालनमा ल्यायो

उन्नत स्वदेशी उत्पादन, निरन्तर डिजाइन नवप्रवर्तन तथा राष्ट्रव्यापी विस्तारमार्फत लामिनारले नेपालमा टाइलको गुणस्तरलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको जनाएको छ। कम्पनीले पूर्ण भिट्रिफाइड प्रविधिमार्फत मजबुती, टिकाउपन, सुरक्षा र दीर्घकालीन विश्वसनीयता प्रदान गर्ने दाबी गरेको छ।

 नेपालको तीव्र रूपमा विस्तार भइरहेको पूर्ण भिट्रिफाइड टाइल ब्रान्ड लामिनार ले काठमाडौं उपत्यकामा आफ्नो उपस्थिति थप विस्तार गरेको छ। ललितपुरको हरिसिद्धिमा गोदावरी ग्रेनाइट एन्ड टाइल्समार्फत लामिनारको प्रिमियम ‘एम्पोरियो’ शोरूम औपचारिक रूपमा उद्घाटन गरिएको हो।

शोरूमको उद्घाटन गोदावरी ग्रेनाइट एन्ड टाइल्सका निर्देशक ओमप्रकाश गोयल तथा लुम्बिनी सेरामिक्स लिमिटेडका निर्देशक आशुतोष खेतानले संयुक्त रूपमा गरेका थिए।

नयाँ शोरूममा लामिनारका उच्च गुणस्तरयुक्त, आधुनिक तथा टिकाउ टाइलहरू प्रदर्शन गरिएको छ। कम्पनीका अनुसार यी टाइलहरू आधुनिक आवासीय भवन, व्यावसायिक संरचना, होटल, अस्पताल, विमानस्थल तथा ठूला सार्वजनिक पूर्वाधार परियोजनाहरूका लागि विशेष रूपमा डिजाइन गरिएका छन्।

लामिनारका टाइलहरू एनएस ६१७ प्रमाणित पूर्ण भिट्रिफाइड उत्पादन हुन्, जसको पानी अवशोषण दर ०.०८ प्रतिशतभन्दा कम रहेको कम्पनीले जनाएको छ। कम पानी अवशोषण क्षमताले टाइललाई थप टिकाउ र दीर्घकालीन बनाउने विश्वास गरिएको छ। बर्दियाको गुलरिया स्थित अत्याधुनिक उद्योगमा इटालियन तथा स्पेनिस ग्लेज र डिजिटल इंक प्रणाली प्रयोग गरी उत्पादन गरिएका यी टाइलहरूले सतह निर्माण क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको दाबी छ।


कम्पनीले ८ भन्दा बढी कलेक्सन र ५५० भन्दा बढी एसकेयू उपलब्ध गराउँदै नेपालकै ठूलो भिट्रिफाइड टाइल पोर्टफोलियो प्रदान गर्दै आएको जनाएको छ। मार्बल लुक, समकालीन कंक्रीट डिजाइन, उच्च ट्राफिक क्षेत्रका लागि पीईआई–५ घर्षण प्रतिरोध, एमओएचएस–९ कठोरता (स्क्र्याच प्रतिरोधी) तथा आर१२ स्लिप प्रतिरोध जस्ता विशेषता टाइलमा समावेश छन्।

शोरूम सञ्चालनसँगै लामिनारका उत्पादनहरू अब देशभरका सातै प्रदेशमा १९० भन्दा बढी डिलर सञ्जालमार्फत उपलब्ध हुने भएका छन्।

उद्घाटन कार्यक्रममा गोदावरी ग्रेनाइट एन्ड टाइल्सका निर्देशक कृष्णमणि बिधारीले लामिनारले डिजाइन र प्रदर्शन दुवैमा उत्कृष्ट उत्पादन उपलब्ध गराउँदै बजारमा विश्वास जित्न सफल भएको बताए। उनका अनुसार नयाँ शोरूम घरधनी, आर्किटेक्ट, इन्जिनियर तथा संस्थागत ग्राहकहरूका लागि आधुनिक र टिकाउ सतह समाधान अनुभव गर्ने केन्द्र बन्नेछ।

उन्नत स्वदेशी उत्पादन, निरन्तर डिजाइन नवप्रवर्तन तथा राष्ट्रव्यापी विस्तारमार्फत लामिनारले नेपालमा टाइलको गुणस्तरलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको जनाएको छ। कम्पनीले पूर्ण भिट्रिफाइड प्रविधिमार्फत मजबुती, टिकाउपन, सुरक्षा र दीर्घकालीन विश्वसनीयता प्रदान गर्ने दाबी गरेको छ।

 Image