‘श्रृजनशील उद्यमी मेला–२०८१ शुरु
वाग्मती प्रदेशका सामाजिक विकाश मन्त्री हरीप्रभा खड्गी, मीस नेपाल वल्र्ड आस्मा कुमारी केसी, मीस नेपाल अर्थ सुमना केसी तथा मीस नेपाल इन्टरनेशनल करुण रावतले उद्यमी मेला संयुक्त रुपमा उद्घाटन गरे
२२ औं डाबर तीज फेस्टिभल तथा सृजनशील उद्यमी मेला २०८२ को आयोजना हुने भएको छ ।
महिला दिदीबहिनीहरूलाई सीपमा दक्ष बनाउँदै उद्यमशीलता र स्वरोजगारतर्फ प्रेरित गर्नु र प्रविधिमैत्री वातावरण सिर्जना गरेर महिलालाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ मेलाको आयोजना हुन लागेको हो ।
सृजनशील केन्द्रको प्रवर्द्धन तथा राइजिङ्ग नेपाल प्रा.लि.सँगको सहकार्यमा एवं इभेन्टसञ्चार डट कमको व्यवस्थापनमा मेला हुन लागेको जानकारी गराइएको हो ।
मेला आगामी साउन २२ गतेदेखि २५ गतेसम्म बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा हुनेछ । चार दिने मेलाको मुख्य स्पोन्सर डाबर नेपाल रहेको छ भने उद्घाटन समारोह माननीय उद्योग मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यमा हुने आयोजकको भनाइ छ ।
विगत २२ वर्षदेखि सञ्चालनमा आएको मेलाले महिला दिदीबहिनीहरूलाई सीपमूलक तालिममार्फत् स्वरोजगारतर्फ अग्रसर बनाएको छ भने उत्पादकत्व वृद्धि र बजार पहुँच गर्न टेवा पुर्याएको छ । यस संगठन मार्फत हालसम्म ५ सय भन्दा बढी दिदीबहनिीहरूले स्वरोजगार रोज्न सफल भएका छन् ।
महिला सृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले यस मेलाले महिलालाई उद्यमी बनाउन सहयोग गर्ने अपेक्षा भएको बताइन् । बृहत् मेलामा सय भन्दा बढी स्टल रहने छन् । मेलामा उत्पादन र प्रदर्शनीलाई व्यापक बनाउने उद्देश्य रहेको राइजिङ नेपाल प्रा.लिका प्रमुख पशुपती केसीले बताए ।
मेलाको मुख्य आकर्षणमा घरेलु तथा हस्तकलाका सामग्री प्रदर्शन, महिला उद्यमशिलता वस्तु तथा सेवा, तीज विशेष परिकार, निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क मेहेन्दी सफ्टवेयर, लगायतका व्यवस्था समावेश गरिएको छ ।
आयोजकले ५ वटा भन्दा बढी स्टल अशक्त, असहाय वा ग्रामीण पिछडएिका महिला उद्यमीलाई निःशुल्क प्रदान गरेको जनाइएको छ ।