लैंगिक हिंसाविरुद्ध अभियान
‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ ।
२२ औं डाबर तीज फेस्टिभल तथा सृजनशील उद्यमी मेला २०८२ को आयोजना हुने भएको छ ।
महिला दिदीबहिनीहरूलाई सीपमा दक्ष बनाउँदै उद्यमशीलता र स्वरोजगारतर्फ प्रेरित गर्नु र प्रविधिमैत्री वातावरण सिर्जना गरेर महिलालाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ मेलाको आयोजना हुन लागेको हो ।
सृजनशील केन्द्रको प्रवर्द्धन तथा राइजिङ्ग नेपाल प्रा.लि.सँगको सहकार्यमा एवं इभेन्टसञ्चार डट कमको व्यवस्थापनमा मेला हुन लागेको जानकारी गराइएको हो ।
मेला आगामी साउन २२ गतेदेखि २५ गतेसम्म बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा हुनेछ । चार दिने मेलाको मुख्य स्पोन्सर डाबर नेपाल रहेको छ भने उद्घाटन समारोह माननीय उद्योग मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यमा हुने आयोजकको भनाइ छ ।
विगत २२ वर्षदेखि सञ्चालनमा आएको मेलाले महिला दिदीबहिनीहरूलाई सीपमूलक तालिममार्फत् स्वरोजगारतर्फ अग्रसर बनाएको छ भने उत्पादकत्व वृद्धि र बजार पहुँच गर्न टेवा पुर्याएको छ । यस संगठन मार्फत हालसम्म ५ सय भन्दा बढी दिदीबहनिीहरूले स्वरोजगार रोज्न सफल भएका छन् ।
महिला सृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले यस मेलाले महिलालाई उद्यमी बनाउन सहयोग गर्ने अपेक्षा भएको बताइन् । बृहत् मेलामा सय भन्दा बढी स्टल रहने छन् । मेलामा उत्पादन र प्रदर्शनीलाई व्यापक बनाउने उद्देश्य रहेको राइजिङ नेपाल प्रा.लिका प्रमुख पशुपती केसीले बताए ।
मेलाको मुख्य आकर्षणमा घरेलु तथा हस्तकलाका सामग्री प्रदर्शन, महिला उद्यमशिलता वस्तु तथा सेवा, तीज विशेष परिकार, निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क मेहेन्दी सफ्टवेयर, लगायतका व्यवस्था समावेश गरिएको छ ।
आयोजकले ५ वटा भन्दा बढी स्टल अशक्त, असहाय वा ग्रामीण पिछडएिका महिला उद्यमीलाई निःशुल्क प्रदान गरेको जनाइएको छ ।