लैंगिक हिंसाविरुद्ध अभियान
‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ ।

महिला स्वास्थ्यलाई ख्याल गर्दै आयोजित ‘काठमाडौं पिंक केयराथन’ २ हजार महिलाहरुको सहभागितामा सम्पन्न भएको छ । शनिबार सम्पन्न कार्यक्रममा महिलाहरुको उत्साहजनका सहभागिता रहेको थियो । लेजर पोर्ट नेपालद्वारा ललितपुरस्थित जावालाखेलमा आयोजित कार्यक्रममा जुम्बा देखि दौड प्रतियोगिता सम्पन्न भएको थियो ।
महिला दौडअन्तर्गत २१ किमि हाफ म्याराथनको उपाधि आर्मीकी धाविका सुनसरी रोकायले जितेकी छन् । एपीएफकी पुष्पा भण्डारी दोस्रो र आर्मीकी निर्मला केसी तेस्रो भए । विजेताले ५१ हजार, दोस्रोले ३१ हजार र तेस्रोले २१ हजार रुपैयाँ पुरस्कार जित्न सफल भएका छन् ।
१० किमि दौडमा आर्मीकी निशा सार्कीले जितिन् भने , एपीएफकी आशा रावतले दोस्रो र पुलिसकी सुमित्रा चौधरीले तेस्रो स्थान हासिल गरे । विजेताले ३१ हजार , दोस्रोले २१ हजार र तेस्रोले ११ हजार पाए । ५ किमितर्फ आर्मीकी सरस्वती भट्टराई, अनुसिया तण्डुकार र आर्मीकी कुसुम तामाङ तथा ३ किमितर्फ सम्झना राई, गायत्री श्रेष्ठ र सुप्रिता थापा शीर्ष तीन स्थानमा विजयी भए ।
३ र ५ किमि दौडका विजेताले लाजिम्पाटमा रहेको दूसित प्रिन्सेस होटलमा दुई जनाका प्याकेज पाएका छन् । सबै १२ विजेताले मेटलाइफको तर्फबाट इन्स्योरेन्स प्याकेज पाएका छन् ।
घरायसी काम र दैनिकीमा ब्यस्त महिलालाई आफ्नो स्वास्थ्यका लाथि समय निकाल्न प्रेरित गरेको आयोजक संस्था अध्यक्ष नमराज जोशीले बताए ।
तस्बिरहरु - महेशमान प्रधान