वर्ल्ड एकेडेमी अफ साइन्सेस (ट्वास)द्धारा दुई जना वैज्ञानिक पुरुस्कृत भएका छन् । गत बिहीबार भएको भर्चुअल महासभामा नेपाल विज्ञान तथा प्रविधिक प्रज्ञा प्रतिष्ठान (नास्ट) की वरिष्ठ वैज्ञानक टिष्टा प्रसाईं जोशी र त्रिभुवन विश्वविद्यालयका रसायनशास्त्रका सह प्राध्यापक विपिन दाहाललाई पुरस्कृत गरेको हो ।
जोशीलाई ‘समिरा ओमर इन्नोभेसन फर सस्टेनबिलिटि’ अवार्ड दिइएको हो । पुरस्कारको राशी ४ हजार अमेरिकी डलर रहेको छ । दाहाललाई ‘अट्टा उर रहमान अवार्ड’ दिइएको छ । पुरस्कारको राशी ५ हजार अमेरिकी डलर रहेको छ । ट्वासले जोशी र दाहालसहति २५ जना वैज्ञानिकलाई अवार्ड दिएको हो ।
नेपालको भूमिगत पानी रहेको आर्सनिकको समस्या समाधान गरी खानेपानीको गुणस्तरमा भूमिका नेतृत्वदायी भूमिकाका लागि प्रसाईंलाई पुरस्कार प्रदान गरिएको ट्वासले जनाएको छ । सह प्राध्यापक दाहालले कार्बन क्वान्टम डट र त्यसको संरचनासहित कार्बन नानोमेटेरिएल्सको सिन्थेरिसमा योगदान गरेबापत पुरुस्कार प्राप्त गरेका हुन् ।