Successfully Copied

‘श्रृजनशील उद्यमी मेला–२०८१ शुरु

वाग्मती प्रदेशका सामाजिक विकाश मन्त्री हरीप्रभा खड्गी, मीस नेपाल वल्र्ड आस्मा कुमारी केसी, मीस नेपाल अर्थ सुमना केसी तथा मीस नेपाल इन्टरनेशनल करुण रावतले उद्यमी मेला संयुक्त रुपमा उद्घाटन गरे


‘श्रृजनशील उद्यमी मेला–२०८१’ आजदेखी शुरु भएको छ । वाग्मती प्रदेशका सामाजिक विकाश मन्त्री हरीप्रभा खड्गी, मीस नेपाल वल्र्ड आस्मा कुमारी केसी, मीस नेपाल अर्थ सुमना केसी तथा मीस नेपाल इन्टरनेशनल करुण रावतले संयुक्त रुपमा उद्घाटन गरेको मेलामा दैनिक उपभोग्य सामाग्री, लत्ताकपडा, श्रmृंगारका प्रसाधन, घरायसी प्रयोजनका लागी आवश्यक सरसामान साथै खाद्यन्न गरी १ सय भन्दा बढी स्टलहरु रहेका छन । आम्रपाली ब्यांक्वेट भाटभटेनीमा लागेको मेला तिन दिन सम्म चल्लनेछ ।

हरेक वर्ष हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गर्दै आएको मेलाको यो २१ औं संस्करण हो । यस पटकको ‘श्रृजनशील उद्यमी मेला’ मा नवप्रब्रर्तकहरु (स्टार्टअप) लाई प्रथामिकता दिइएको आयोजक संस्थाले जनाएको छ ।
महिलामा सीप र दक्षता अभिवृद्धि गराई उद्यमशिलता तथा स्वरोजगार तर्फ प्रेरित गर्ने उद्देश्यले केन्द्रले मेलाको आयोजना गर्दै आएको छ । मेलामा महिलाले घरमै बनाएका हस्तकलाका सामान लगायत महिला बचत तथा वितिय पहु“च सम्बन्धी र प्रविधिमैत्री संघसस्थाहरूको समेत सहभागिता रहनुका साथै खानाका परिकारहरु, निःशुल्क स्वास्थ्य शिविर, मेहेन्दी आर्टको सुविधा समेत रहेको छ ।

आयोजकद्धारा ५ भन्दा बढी स्टल असाय, अशक्त, अपाङ्ग र ग्रामीण क्षेत्रका पिछडिएका महिलाहरूका लागि निः शुल्क प्रदान गरिएको जनाइएको छ ।
दशकौंदेखी चल्दै आएको मेलाले महिला दिदीबहिनीहरुको आयस्तरमा बृद्धि गरी आर्थिक शसक्तिकरणमा प्रमुख भुमिका खेल्न सफल भएको आयोजक संस्थाकी मिलु थापाले बताइन ।

राईजिङ्ग नेपाल प्रालि र इभेन्टसंसार डटकमको व्यवस्थापनमा आयोजना भइरहेको मेलालाई डाबर नेपालको डाबरगुलावरीले मुख्य प्रायोजन गरेको छ । । त्यसबाहेक मेलालाई मंगलदीप धुप, मनकामना दर्शन र अम्रपालीले सहकार्य गरेको छ भने सन् २००७ देखी कान्तिपुर पब्लिेकेशन्सको नारी मासिक अफिसियल मिडियाका रुपमा रहँदै आएको छ ।

 Image