आईईसीको १४ औं इन्टेरियर डिजाइन प्रदर्शनी
प्रदर्शनमा कागजका सामान, स्मार्ट फर्निचर, सिनेम्याटिक थ्रिएटर , होटल, एलजिबिटीक्यु होमजस्ता आधुनिक वास्तुकला रहेका थिए ।
एक्काइस पत्रकार महिलाद्वारा लिखित ‘महिला आन्दोलनको सहखोजी’ पुस्तक काठमाडौंमा सार्वजनिक भएको छ । पुस्तकमा महिलाका विविध पक्षका २२ वटा लेख समेटिएका छन् । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली, प्राध्यापक विन्दु पोखरेल, पूर्वमन्त्री हिसिला यमी, त्रिभुवन विश्वविद्यालय लैंगिक अध्ययन विभाग प्रमुख सुदिपसिंह नकर्मी, द स्टोरी किचेनकी अध्यक्ष जया लुइटेल र लेखकहरुले सामूहिक रुपमा पुस्तक विमोचन गरेका थिए ।
नकर्मीले पुस्तक महिलावादी दृष्टिकोणका साथै नेपाली महिला इतिहासको दस्ताबेजीकरणमा महत्वपूर्ण रहने बताए । यस्तै, समाजशास्त्री मीना पौडेलले हरेक कोणबाट महिलासम्बन्धित विषयवस्तु समावेश भएकाले पुस्तकले दस्तावेजको काम गर्ने बताइन् । लुइटेलले यो पुस्तकले महिलावादी दृष्टिकोणबाट इतिहास लेखनका लागि सुरुवात गरेको बताइन् ।
द स्टोरी किचन, सन्धानको आयोजना र त्रिभुवन विश्वविद्यालय लैंगिक अध्ययन विभागको सहकार्यमा पुस्तक प्रकाशित भएको हो । कार्यक्रममा लेखक तथा पत्रकार अमृता अनमोल, उन्नती चौधरी, चाँदनी आचार्य, कैलाश राई, गगनशिला खड्का, दिलमाया शाही, निरासी धामी, प्रकृति दाहाल, प्रणेता, प्रतिमा सिलवाल, मनिका विक, मन्दिरा अधिकारी, माधुरी महतो, मानमती पाण्डे, विद्या राई, विवेका थापा, सविता श्रेष्ठ, सम्झना विक, सरिता सापकोटा, सीता विके, सुजाता ढुंगाना तथा मेन्टरहरु रीता शाह, प्रतिमा गुरुङ, अरुणा उप्रेती, सीमा खान, सरु जोशीलगायतलाई सम्मान गरिएको थियो ।