Successfully Copied

रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड सम्पन्न

पप सम्राट ओमविक्रम विष्टलाई रेडियो कान्तिपुरले आयोजना गर्दै आएको प्रतिष्ठित अवार्ड ’नेसनल म्युजिक अवार्ड्स–२०८०’मा दीर्घ साधना सम्मान (लाइफ टाइम अचिभमेन्ट) प्रदान गरिएको छ ।


काठमाडौं — पप सम्राट ओमविक्रम विष्टलाई रेडियो कान्तिपुरले आयोजना गर्दै आएको प्रतिष्ठित अवार्ड ’नेसनल म्युजिक अवार्ड्स–२०८०’मा दीर्घ साधना सम्मान (लाइफ टाइम अचिभमेन्ट) प्रदान गरिएको छ । नेपालमा पपमात्रै होइन, अनप्लग रेकर्डिङ भित्र्याउने विष्टलाई पाँच दशकदेखि यो विधामा गरेको साधनाको कदर गर्दै यो सम्मान दिइएको हो ।

अवार्ड कार्यक्रम आकर्षणको केन्द्र बनेका भारतीय रियालिटी सो इन्डियन आइडल १२ औं सिजनका विजेता पवनदीप राजनले गायन प्रस्तुती दिएका थिए ।  रेडियो कान्तिपुर छैटौं ’नेसनल म्युजिक अवार्ड्स–२०८०’मा यो वर्ष १३ विधामा अवार्ड वितरण गरियो । काठमाडौंमा आयोजित कार्यक्रममा विसं २०७९ साउनदेखि २०८० असार मसान्तसम्म प्रसारण भएका गीतबाट अवार्ड वितरण गरिएको हो ।


तस्बीर -महेशमान प्रधान

 Image