Successfully Copied

प्रधानमन्त्री छोरी आत्मनर्भिर कार्यक्रमलाई १० करोड विनियोजन

महिलाविरुद्ध हुने हिंसा, शोषण भेदभाव नियन्त्रण गरी सबै क्षेत्रमा सद्भाव र सम्मानजनक वातावरणको निर्माण सिर्जना गरिनेछ । आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रुपमा मनाईनेछ ।


नारी संवाददाता
काठमाडौँ — सरकारले प्रधानमन्त्री छोरी आत्मनर्भिर कार्यक्रममार्फत छोरीलाई रोजगार उन्मुख शक्षिा र सीप प्रदान गर्न १० करोड रुपैयाा विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त सदनमा आर्थकि वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै प्रदेश र स्थानीय तहसागको समन्वय र सहकार्यमा सरकारले कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।

यसैगरी युवा, महिलाका आवश्यकता चुनौतीका बिषयमा राष्ट्रिय स्तरमा छलफल अन्तरक्रिया गर्न आगामी वर्ष युवा महिला राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षका रूपमा मनाउने समेत सरकारको घोषणा छ ।

महिलाविरुद्ध हुने हिंसा, शोषण भेदभाव नियन्त्रण गरी सबै क्षेत्रमा सद्भाव र सम्मानजनक वातावरणको निर्माण सिर्जना गरिनेछ । आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रुपमा मनाईनेछ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ग्रामिण र दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धारलाई थप प्रभावकारी बनाइनेछ । राष्ट्रपपति महिला सशक्तीकरण कार्यक्रमको पुनसंरचना गरी आर्थिक सशक्तकिरणका कार्यक्रम सञ्चालन गरिनेछ । राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कारका लागि आवश्यक रकम विनियोजन गरेको छु । प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा प्रधानमन्त्री छोरी आत्मनर्भिर कार्यक्रममार्फत छोरीलाई रोजगार उन्मुख शिक्षा र सीप प्रदान गर्न तथा उद्यमशीलता वकिास गर्न रु १० करोड विनियोजन गरेको छु । युवा महिलाको आवश्यकता, चुनौती र अवसरका वषियमा राष्ट्रिय स्तरका छलफल र अन्तरक्रिया गर्न आगामी वर्ष युवा महिला राष्ट्रिय सम्मेलन आयोजना गरिनेछ,’ अर्थमन्त्री पुनले बजेट वक्तव्यमा भने ।

 Image