ट्राउट पालनमा युवा व्यवसायी
सफा, चिसो र बगिरहने पानीमा ट्राउट पाल्न सकिन्छ । सामान्यतया १२ सयदेखि २३ सय मिटर उचाइसम्म यसको व्यावसायिक पालन सफल मानिएको छ ।

विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तित्वहरुको बाल्यजीवनको संस्मरण समिटिएको ’कोपिलाको सुगन्ध’ पुस्तक सार्वजनिक भएको छ । विन्दु अधिकारी ढकालद्वारा लिखित पुस्तकको कलाकार हरिवंश आचार्यसहित पुस्तकमा समेटिएका पात्रहरुले विमोचन गरे ।
हास्यकलाकार हरिवंशले कृतिमा आफूले समेत स्थान पाएकोमा खुशी व्यक्त गरे । पुस्तकमा वैज्ञानिक महावीर पुन, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, न्यायाधीश सपना प्रधान मल्ल, कलाकार केदार घिमिरे, हास्य कलाकार मनोज गजुरेल, सीताराम कट्टेल, जितु नेपाल, क्रिकेटर पारस खड्का, गायक प्रकाश सपुतलगायत ४९ जनाको बाल्यकालको स्मरण समावेश छ ।
कवि तथा लेखक चन्द्र घिमिरेले पुस्तकको समीक्षा गर्दै अहिलेका बालबालिकाका लागि प्रेरणा मात्रै नभएर कम्यूटर र मोबाइल गेम्सको कुलतबाट बचाउन पनि सहयोग पुर्याउने बताए । विन्दुको यो पुस्तक तेस्रो कृति हो । लेखक विन्दुका यसअघि कविता संग्रह विन्दुहरु र कथासंग्रह मावली दिदी प्रकाशित छन् ।