Successfully Copied

महिला गाइडलाई उद्धार सम्बन्धि तालिम

२५ जना महिला गाइडलाई माउन्टेन गाइड बन्नका लागि आवश्यक पर्ने पाठ्क्रममा आधारित रहेर पदयात्रा र हिमाल आरोहणका क्रममा दुर्घटनाबाट बचाउन र उद्धार गर्ने सीपहरु प्रदान गरिएको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानकी अध्यक्ष दावा फुटी शेर्पाले बताइन् ।


पदयात्रा र आरोहणका महिला गाइडहरुलाई उद्धार सम्बन्धि सात दिने तालिम काठमाडौंमा प्रदान गरिएको छ । सुरक्षित र गुणस्तरीय पर्यटन प्रवद्र्धन सीपयुक्त जनशक्ति उत्पादन गर्ने उदेश्यले नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले तालिम प्रदान गरेको प्रशिक्षक लामवावु शेर्पाले बताए । 

२५ जना महिला गाइडलाई माउन्टेन गाइड बन्नका लागि आवश्यक पर्ने पाठ्क्रममा आधारित रहेर पदयात्रा र हिमाल आरोहणका क्रममा दुर्घटनाबाट बचाउन र उद्धार गर्ने सीपहरु प्रदान गरिएको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानकी अध्यक्ष दावा फुटी शेर्पाले बताइन् । ‘सीप र दक्षता विनाको जनशक्तिले पर्यटन क्षेत्रमै नकरात्मक सन्देश जाने भएकाले तालिमको आयोजना गरेका हौं,’ उनले भनिन् । 

सरकारले राखेको पर्यटन दशक (सन् २०२३ देखि २०३३) को उदेश्य पुरा गर्न समेत सीपयुक्त जनशक्ति विकास गर्नु पर्ने आवश्यकता रहेको पर्यटन बोर्डका बरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बताए । तालिम काठमाडौंको जगडोल जंगलमा चैत ७ गतेदेखि एक हप्तासम्म सञ्चालन भएको थियो ।

 Image