भदौ ५ देखि काठमाडौंमा श्रृजनशील उद्यमी मेला आयोजना हुँदै
महिला उद्यमशीलता, घरेलु तथा हस्तकलाका सामग्रीको प्रवद्र्धन तथा तीज संस्कृतिको संरक्षण गर्ने उद्देश्यले २३ औं सफ्टी तीज फेस्टिभल तथा श्रृजनशील उद्यमी मेला २०८३ आयोजना हुने भएको छ ।
पदयात्रा र आरोहणका महिला गाइडहरुलाई उद्धार सम्बन्धि सात दिने तालिम काठमाडौंमा प्रदान गरिएको छ । सुरक्षित र गुणस्तरीय पर्यटन प्रवद्र्धन सीपयुक्त जनशक्ति उत्पादन गर्ने उदेश्यले नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले तालिम प्रदान गरेको प्रशिक्षक लामवावु शेर्पाले बताए ।
२५ जना महिला गाइडलाई माउन्टेन गाइड बन्नका लागि आवश्यक पर्ने पाठ्क्रममा आधारित रहेर पदयात्रा र हिमाल आरोहणका क्रममा दुर्घटनाबाट बचाउन र उद्धार गर्ने सीपहरु प्रदान गरिएको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानकी अध्यक्ष दावा फुटी शेर्पाले बताइन् । ‘सीप र दक्षता विनाको जनशक्तिले पर्यटन क्षेत्रमै नकरात्मक सन्देश जाने भएकाले तालिमको आयोजना गरेका हौं,’ उनले भनिन् ।
सरकारले राखेको पर्यटन दशक (सन् २०२३ देखि २०३३) को उदेश्य पुरा गर्न समेत सीपयुक्त जनशक्ति विकास गर्नु पर्ने आवश्यकता रहेको पर्यटन बोर्डका बरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बताए । तालिम काठमाडौंको जगडोल जंगलमा चैत ७ गतेदेखि एक हप्तासम्म सञ्चालन भएको थियो ।