उद्यमी महिलाका लागि कोसेली घर
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संयुक्त सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दे महिला उद्यमीलाई लक्षित गर्दै काठमाडौंको चोभारमा अन्तराष्ट्रिय स्तरको प्रर्दशनीस्थल स्थल निर्माण गर्ने बताए ।

रामेश्वरी पन्तद्वारा लिखित पुस्तक ‘स्वस्थानी व्रतकथाः नारीशक्तिको महिमा, नारीकै शोषण’ लोकार्पण भएको छ । राजधानीमा आयोजित कार्यक्रममा शिखा बुक्सद्वारा प्रकाशित पुस्तकमाथि प्रा.डा.वीणा पौड्याल, उप प्रा.डा. मीना उप्रेती तथा पत्रकार तथा लेखक दामोदर न्यौपानेले समीक्षा गरेका थिए । वीणा पौड्यालले किताब सबैको मनमा बस्न सक्ने गरी नारीको महत्व र शोषणलाई गहन र सृजनशील शैलीमा लेखिएकाले संस्कृतिमाथि अध्ययन गर्न मात्र नभै, सबैका लागि उपयोगी हुने बताइन् ।
त्यसैगरी मीना उप्रेतीले स्वस्थानी र त्यसमा रहेका नारी पात्रमाथि चुनौतीलाई सहज र व्यवहारिक रुपमा किताब आकार दिएर ठूलो चुनौती सामना गरेको बताइन् । उनका अनुसार समाजशास्त्रीय रुपमा पनि पुस्तक उत्कृष्ट छ । उक्त किताबको मूल्य ४ सय २५ रुपैयाँ रहेको छ ।