Successfully Copied

लैङ्गिक हिंसाविरुद्ध ओरियन्ट कलेज

ओरियन्ट कलेज अफ हायर एजुकेसन बसुन्धराका प्रिन्सिपल प्राप्ति थापा भन्छिन्–‘दैनिक जीवनमा महिलाले भोग्दै आएका विभेद, हिंसाको कारण शारीरिक, मानसिक,आर्थिक, सामाजिक असर भोग्न बाध्य महिलाहरूका लागि प्रभावकारी संयन्त्रहरू निर्माण गर्दै न्यायमा अधिकार सुनिश्चितता र सामाजिक न्यायको वातावरण तयार गर्न कार्यक्रम आयोजना गरिएको हो ।


‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ वसुन्धरास्थित ओरियन्ट कलेजका सामाजिक कार्य विभागका विद्यार्थीद्वारा विविध क्रियाकलापका साथ बृहत् कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसाविरुद्धको विश्वव्यापी १६ दिने अभियानका सन्दर्भमा आयोजना गरिएको उक्त कार्यक्रममा लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक सांगीतिक नाटक, कविता वाचन, भिडियो सन्देश, लैङ्गिक हिंसा अन्त्यका लागि सूचनामूलक प्रस्तुति आकर्षक रहे । 

‘महिलाविरुद्धको हिंसा संरचनागत विभेदको परिणाम हो । यही विभेदको अन्त्यका लागि राज्यका हरेक संरचनामा रहेका पित्तृसत्तात्मक सोच र मूल्य–मान्यताको अन्त्य जरुरी छ भन्ने विषयमा कविता मञ्चन र नाटक प्रस्तुत गरियो, जसले विद्यार्थीमा यस विषयमा गहिरिएर बुझ्न र हिंसाविरुद्ध आवाज उठाउन चेतना जगाउन सहयोग गर्छ भन्नेमा हाम्रो विश्वास छ ।’ ओरियन्ट कलेज अफ हायर एजुकेसन बसुन्धराका प्रिन्सिपल प्राप्ति थापा भन्छिन्–‘दैनिक जीवनमा महिलाले भोग्दै आएका विभेद र हिंसाको कारण शारीरिक, मानसिक, आर्थिक र सामाजिक असर भोग्न बाध्य महिलाहरूका लागि पहु“चयोग्य र प्रभावकारी सहयोगी संयन्त्रहरू निर्माण गर्दै न्यायमा अधिकार सुनिश्चितता र सामाजिक न्यायको वातावरण तयार गर्न सरकार र सरोकारवालाहरूलाई झक्झक्याउन यो कार्यक्रम आयोजना गरिएको हो । विद्यार्थी भविष्यका कर्णधार हुन् । समाज परिवर्तनका लागि युवाको भूमिका महत्वपूर्ण छ । उनीहरू जागरुक भए सोच परिवर्तन गराउन सहज छ ।’ 

 Image