सिट्रस फलको हेरचाह
सिट्रस फलको स्वाद अमिलो हुन्छ । यसमा सुन्तला, कागती, भोगटे, मुन्तला, निम्बु, जुनार, मौसम आदि पर्छन् । यी फलमा विभिन्न प्रकारका पोषकतत्व पाइन्छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2024/takingcareofyourcitrusplantwebsite-1711886997.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2024/takingcareofyourcitrusplantwebsite-1711886997.jpg&w=1000&height=600)
जनमत साहित्य डट कमले तीजको अवसर पारेर कविता वाचन कार्यक्रम आयोजना गरेको थियो ।
ठमेलस्थित होटेल रमदामा कवि लक्ष्मी मालीको प्रमुख आतिथ्यमा भएको कविता वाचन कार्यक्रममा कवि विमला तुम्खेवा, भावना शर्मा, शकुन्तला जोशी, शान्ति शर्मा, तारा केसी, रेनु अधिकारी मौनता, सरला श्रेष्ठका साथमा विविध क्षेत्रका व्यक्तित्वहरूबाट कविता प्रस्तुत गरिएको थियो ।
बाल रोग विशेषज्ञ डा. सिर्जना श्रेष्ठ, कलाकार सुनिता राणा, फेसन डिजाइनर मञ्जु ढकाल, गायिका तथा व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षक कविता शर्मा, मिस वल्र्ड युनिभर्सिटी २००३ की विजेता तथा सफ्ट स्किलकी निर्देशक आयुषा श्रेष्ठ तथा मानव अधिकारकर्मी विद्या श्रेष्ठबाट लेखिएका कविताहरू वाचन गरिएको थियो । सधै कविहरूको मात्रै कविता सुन्दै आएकोमा अरू क्षेत्रमा आफ्नो पहिचान बनाएका व्यक्तिहरूले लेखिएका कविता सुन्न पाउ“दा फरकपनको अनुभव भएको प्रमुख अतिथि लक्ष्मी माली बताइन् ।
जनमत साहित्य डट कमकी सम्पादक सिर्जना दुवालले कार्यक्रम सञ्चालन गरेकी थिइन् । आगामी दिनमा पनि फरक शैलीको कार्यक्रम गर्दै जाने उनले बताइन् ।