नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमार्फत जनस्तरीय कूटनीति सुदृढ : मन्त्री श्रेष्ठ
नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमार्फत जनस्तरीय कूटनीति सुदृढ : मन्त्री श्रेष्ठ
नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत (चार्जे द’अफेयर्स) झोउ पान को उपस्थितिमा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले खेलकुद र संस्कृतिले भाषा, भूगोल र राजनीतिक सीमाभन्दा माथि उठेर जनस्तरमा मित्रता र विश्वास निर्माण गर्ने प्रभावकारी माध्यमको रूपमा काम गर्ने उल्लेख गरिन्।
चिनियाँ नयाँ वर्ष २०२६ को अवसरमा आयोजित नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेल कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले पूर्वाधार, पर्यटन र जनस्तरीय सहकार्यमा चीन नेपालको महत्त्वपूर्ण साझेदार रहेको बताएकी छन् ।
नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत ९चार्जे द’अफेयर्स० झोउ पान को उपस्थितिमा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले खेलकुद र संस्कृतिले भाषा, भूगोल र राजनीतिक सीमाभन्दा माथि उठेर जनस्तरमा मित्रता र विश्वास निर्माण गर्ने प्रभावकारी माध्यमको रूपमा काम गर्ने उल्लेख गरिन्। उनले नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रहेको र विकास, पूर्वाधार, शिक्षा, संस्कृति तथा पर्यटनमार्फत सम्बन्ध थप मजबुत हुँदै गएको बताइन्।
मन्त्री श्रेष्ठले २०१५ को भूकम्पपछिको मानवीय सहायता तथा पुनर्निर्माणमा चीनले दिएको सहयोगप्रति आभार व्यक्त गर्दै चिनियाँ पर्यटकले नेपालको पर्यटन र आर्थिक विकासमा योगदान पुर्याइरहेको उल्लेख गरिन् ।
मैत्रीपूर्ण खेलमा नेपाल यू–२० महिला राष्ट्रिय टोलीले चीनको युनान प्रान्तको युथ महिला टोलीलाई ३–१ गोलले पराजित गर्यो। खेलअघि ड्रागन नृत्य र पञ्चेबाजासहित नेपाल–चीनका सांस्कृतिक प्रस्तुतिहरू पनि देखाइएको थियो।