Successfully Copied

तीन कृति एकैसाथ विमोचन

राजधानीमा तीन कृति एकैसाथ विमोचन भएको छ । दुई डाक्टर दिदी बहिनी र उनीहरुका आमाको कृति एकैपटक विमोचन भएको हो ।

राजधानीमा तीन कृति एकैसाथ विमोचन भएको छ । दुई डाक्टर दिदी बहिनी र उनीहरुका आमाको कृति एकैपटक विमोचन भएको हो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत बालरोग विशेषज्ञ प्रा.डा सिर्जना श्रेष्ठ र उनकी बहिनी प्रा.डा सविना श्रेष्ठ बाल आँखा रोग विशेषज्ञ तथा पूर्व प्रशासक आमा मोतीशोभा श्रेष्ठका छुट्टाछुट्टै कृति विमोचन गरिएको थियो ।


मोतिशोभा श्रेष्ठको ‘चियाको चुस्की’ लघुकथा संग्रह, डा.सिर्जनाको ‘भोलि कोही नआउन्जेलसम्म’ कविता संग्रह तथा डा. सविनाको ‘एउटा जीवन छामेर हेर्दा’ कृति लोकार्पण गरिएको थियो । यसैगरी डा. सविना श्रेष्ठको स्वर रहेको मलाई सुनको हार हैन प्यार भए पुग्छ नामक म्यूजिक भिडियो पनि सार्वजनिक भएको थियो ।
कविता संग्रहमा ५० वटा कविता रहेका छन् । जसमा जीवन, नारी सशक्तिकरण, सामाजिक विभेद जस्ता विषय समेटिएका छन् । यसैगरी मोतिशोभा श्रेष्ठको लघु कथा संग्रह ‘चियाको चुस्की’ मा ६० वटा लघुकथा समावेश छन् ।
उक्त कृतिहरुको पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्दले एक कार्यक्रममा विमोचन गरेका थिए । कृति विमोचन गर्दै चन्दले एकै परिवारका ३ जना व्यक्ति आ–आफनो पेशा व्यवसायमा लागेर पनि साहित्यमा पनि समय र रुचि दिनु सामान्य कुरा नभएको धारणा राखे । कार्यक्रममा अतिथिका रुपमा साहित्यकार एवं पूर्व अर्थमन्त्री शंकर कोइराला, साहित्यकार प्रा. शिव गोपाल रिसाल, गीतकार कालीप्रसाद रिजाल तथा साहित्यकार धु्रव मधिकर्मीको उपस्थिति रहेको थियो ।
डा. दीदीबहिनी तथा आमा मोतिशोभाका यो भन्दा अगाडि पनि उपन्यास तथा कविता संग्रह प्रकाशित भइसकेका छन् ।


 Image