उत्कृष्ट कलेजको सम्मान
पूर्वाञ्चल विश्वविद्यालयको ३१औं वार्षिकोत्सवका नमूना कलेज अफ फेसन टेक्नोलोजीलाई उत्कृष्ट कलेजका रुपमा सम्मानित गरिएको छ ।
७९ बर्षिय रत्नकुमारी सुनुवारले कक्षा १२ पास गरेकी छन् ।
बुधबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको रिजल्टमा उनले २.६४ जिपिए ल्याएर उत्तीर्ण भएकी हुन् ।
छोराछोरीलाई हुर्काउदा आफ्ना पढाई रोकिएको र अहिले पढ्न मन लागेर सुरुवात गरेको बताइन् ।
युवापुस्ताहरुलाई पढ्नका लागि मनोबल बृद्धिका लागि पढ्न थालेको बताइन् ।