Successfully Copied

राउटे महिलाको कष्टकर जीवनशैली

जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका महिलाको जनजीवन कष्टकर छ । उनीहरू वर्षाको चिसोमा पनि घरधन्दादेखि खानेकुराको जोहो गर्न गाउँबस्ती डुल्छन् ।


जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका महिलाको जनजीवन कष्टकर छ । उनीहरू वर्षाको चिसोमा पनि घरधन्दादेखि खानेकुराको जोहो गर्न गाउँबस्ती डुल्छन् ।
मुखियाको नेतृत्वमा सञ्चालन हुँदै आएको यो समुदायमा महिला भने पुरुषसरह काम गर्छन् । गाउँ–सहर डुलेर अन्न संकलन गर्ने, सिकार खेल्न जानेजस्ता काममा पनि महिला सरिक हुन्छन् । दैलेखको महाबु गाउँपालिका–३ बाल्तडामा बसिरहेका राउटे समुदायका एक सय ४१ सदस्यमध्ये ७७ जना महिला छन् ।

राउटे समुदायका महिला बस्तीमा खाना पकाउने, धान कुट्ने, पानी बोक्ने, खानेकुरा जोहो गर्ने काममा व्यस्त भेटिन्छन् । उनीहरू आफ्नै दिनचर्यामा रमाउन चाहन्छन् । समुदायमा नयाँ आगन्तुकसँग खुलेर कुरा गर्दैनन् । लाज मान्छन् । समस्या सुनाउन चाहँदैनन् । 

राउटे समुदायको जनसंख्या बर्सेनि घट्दो क्रममा छ । पछिल्ला दुई वर्षयता बच्चा जन्मेका छैनन् । समुदायमा ७७ राउटे महिलामध्ये १६ जना एकल महिला छन् । एकल महिलालाई विवाह गर्न बन्देज लगाइएको छ । एकल महिला आफ्नै घरमा बस्छन् ।
शब्दः ज्योति कटुवाल
तस्बिरः प्रकाश चन्द्र तिमिल्सेना

 Image