Successfully Copied

पूर्णिमाले गरिन् केटु हिमालको सफल आरोहण

६ वर्ष अघि पर्वतारोहणको यात्रा सुरु गरेकी पूर्णिमाले यस अघि नै नेपालमा रहेका ८ हजार मिटर माथिका ७ वटा शिखर आरोहण गरी सकेकी छिन् ।


फोटोपत्रकार पूर्णिमा श्रेष्ठले केटू हिमालको सफल आरोहण गरेकी छन् । विश्वको दोस्रो सर्वोच्च शिखर पाकिस्तानमा रहेको आरोहणका लागि सबैभन्दा कठिनमध्येको हिमाल केटू हो । 

यसको सफल आरोहणसँगै उनले आफूलाई शुभकामना दिने र आफ्ना लागि प्रार्थना गर्ने सबैलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएकी हुन् ।

 शिखर पुगिसकेपछि उनले छिट्टै आधार शिविरमा सुरक्षित फर्किने अपेक्षा राख्दै सामाजिक सञ्जालमार्फत अवतरणबारे पनि अपडेट दिने बताएकी छन् । 

आठ हजार ६११ मिटर अग्लो केटू हिमाल सगरमाथापछिको दोस्रो अग्लो हिमाल हो ।

 ६ वर्ष अघि पर्वतारोहणको यात्रा सुरु गरेकी पूर्णिमाले यस अघि नै नेपालमा रहेका ८ हजार मिटर माथिका ७ वटा शिखर आरोहण गरी सकेकी छिन् ।

 Image