कान्समा कार्यवाहक मेयर सुनिताको सांस्कृतिक पहिचान र फेसन कूटनीति
प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको उपस्थिति सांस्कृतिक कूटनीति र फेसन अभिव्यक्तिको शक्तिशाली संयोजनका रूपमा देखियो । परम्परागत नेवार समुदायको पहिरनको आधुनिक पुनव्र्याख्यामा प्रस्तुत उनको शैलीले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सांस्कृतिक पहिचानलाई उजागर गर्नुका साथै काठमाडौंको विश्वव्यापी सिर्जनात्मक समुदायसँग बढ्दो