Successfully Copied

सांसद सोविता गौतमलाई ‘पोलिटिसियन अफ द इयर’ अवार्ड

बेलफास्ट, बेलायतमा आगामी २ देखि ५ अक्टोबरमा ‘द वन योङ वल्र्ड समिट गर्ने र अवार्ड वितरण पनि त्यही हुने छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले ‘योङ वल्र्ड पोलिटिसियन अफ द इयर अवार्ड’ पाउने भएकी छिन् ।‘द वन योङ वल्र्ड’ नामक संस्थाले १५ जना सर्ट लिस्टेडबाट छनोट भएका पाँच जनामा उनी पनि परेकी हुन् ।

नेपालको प्रतिनिधि सभाको कान्छी सदस्य, कम सुविधा सम्पन्न विद्यालयमा पढेकी, उनको वजनदार भाषण, विपन्न वर्गका अधिकारका पहुँचका लागि क्रियाशील तथा रास्वपाको संस्थापक सदस्यको रुपमा गौतमलाई छनोट गरेको वेभसाइटमा उल्लेख छ ।

संस्थाले उक्त अवार्ड हरेक वर्ष १८ देखि ३५ वर्ष उमेरसमूहका प्रभावशाली राजनीतिज्ञलाई प्रदान गर्दै आएको आएको छ । बेलफास्ट, बेलायतमा आगामी २ देखि ५ अक्टोबरमा ‘द वन योङ वल्र्ड समिट गर्ने र अवार्ड वितरण पनि त्यही हुने छ ।

 Image