Successfully Copied

सीता दाहलको निधन

उनको पार्थिव शरीरलाई दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र श्रद्धाञ्जलीपछि आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको आज बिहान ८ बजेर ३३ मिनेट जाँदा नर्भिक अस्पतालमा निधन भएको छ । उनी ६९ वर्षकी थिइन । निधनको खबर प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा. डा. युवराज शर्माले सार्वजनिक गरेका हुन् ।
पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट ग्रसित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयघात भएको बताइएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे थापथलीस्थित नर्भिक अस्पताल पु¥याइएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो ।
२०२६ सालमा प्रचण्डसँग वैवाहिक जीवनमा बाँधिएकी सीता वि.सं. २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी हुन् ।
सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अस्पतालबाट सिधै पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ । उनको पार्थिव शरीरलाई दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र श्रद्धाञ्जलीपछि आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।  

 Image