युवा गायक जोसेफ शाही ठकुरीको कता हिँडेकी बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा कुमार रेग्मीको शब्द रचना, हरी लम्सालको संगीत र फणिन्द्र राइको संगीत संयोजन रहेको छ । गीतको ध्वनी सम्पादन सुमन खड्काले गरेका हुन् ।
गीतको भिडियोमा मिस पवी, मिस्टर नेपाल आइकनका विजेता विनायकराज पोखरेल, कुमार रेग्मी र सचिन गौतम लगायतको अभिनय हेर्न सकिन्छ । उत्तम हुमागाईँको छायाँकन र विष्णु खड्का सम्पादन रहेको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् ।
‘कता हिँडेकी’ नेपाली लोक शैलीलाई आधार बनाएर तयार गरिएको आधुनिक गीत हो । अपराध अनुसन्धान महाशाखामा कार्यरत युवतीले माया गरेजस्तो गरी लागु औषध कारोबारमा संलग्न उक्त युवकलाई कानुनी दायरामा ल्याएको सन्देश भिडियोमा दिइएको छ ।
एकसय महिलाले घोषणा गरेको सामुहिक व्यावसायिक अभियान ‘सिस्टरहुड’
एकसय महिलाले घोषणा गरेको सामुहिक व्यावसायिक अभियान ‘सिस्टरहुड’
एकसय जना महिलाको समूहले सिस्टरहुड प्लाटफर्ममार्फत नयाँ उद्यमको सुरुवात गरेका छन् । घरेलु तथा साना उद्यममा लागेका तर व्यवसायिक सञ्जालमा आवद्ध हुन नसकेका महिलाहरुलाई सिस्टरहुड क्लोथिङ प्रालिले आफ्नो व्यावसायकि अभियानमा जोडेको हो ।