युवा गायक जोसेफ शाही ठकुरीको कता हिँडेकी बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा कुमार रेग्मीको शब्द रचना, हरी लम्सालको संगीत र फणिन्द्र राइको संगीत संयोजन रहेको छ । गीतको ध्वनी सम्पादन सुमन खड्काले गरेका हुन् ।
गीतको भिडियोमा मिस पवी, मिस्टर नेपाल आइकनका विजेता विनायकराज पोखरेल, कुमार रेग्मी र सचिन गौतम लगायतको अभिनय हेर्न सकिन्छ । उत्तम हुमागाईँको छायाँकन र विष्णु खड्का सम्पादन रहेको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् ।
‘कता हिँडेकी’ नेपाली लोक शैलीलाई आधार बनाएर तयार गरिएको आधुनिक गीत हो । अपराध अनुसन्धान महाशाखामा कार्यरत युवतीले माया गरेजस्तो गरी लागु औषध कारोबारमा संलग्न उक्त युवकलाई कानुनी दायरामा ल्याएको सन्देश भिडियोमा दिइएको छ ।
‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न
‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न
केन्द्रबिन्दु डटकमले यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको र यसले शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताउंदै केन्द्रविन्दुका संस्थापक बिदुर खतिवडाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहर गरे ।