‘श्रृजनशील उद्यमी मेला–२०८१ शुरु
वाग्मती प्रदेशका सामाजिक विकाश मन्त्री हरीप्रभा खड्गी, मीस नेपाल वल्र्ड आस्मा कुमारी केसी, मीस नेपाल अर्थ सुमना केसी तथा मीस नेपाल इन्टरनेशनल करुण रावतले उद्यमी मेला संयुक्त रुपमा उद्घाटन गरे
‘रेडियो सगरमाथा’ आफ्नो प्रसारण सेवाको २७ औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले रेडियो सगरमाथाले राजनीतिक व्यवस्था र सामाजिक अवस्था सुधार्न निर्वाह गरेको भूमिकाको प्रशंसा गरिन् । उनले रेडियोले आगामी दिनमा समाजसापेक्ष कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन् ।
यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले ‘रेडियो सगरमाथा’ बाट प्रसारित कार्यक्रमबाट थप ज्ञानवद्र्धकका साथै सूचनामूलक सन्देश प्राप्त गर्न सकिने बताए ।
वरिष्ठ पत्रकार भैरव रिसालले जतिसुकै विषम परिस्थितिमा पनि ‘रेडियो सगरमाथा’ ले आफ्नो प्रसारण सेवालाई निरन्तरता दिनुपर्ने बताए । ‘रेडियो सगरमाथा’ का ‘स्टेसन म्यानेजर’ उर्वशी बस्न्यातले सामुदायिक रेडियोहरूलाई प्रविधिको विकासस“गै समय सापेक्ष ढङ्गले अगाडि बढाउनुपर्ने बताइन् । कार्यक्रममा रेडियो सगरमाथाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने १३ जनालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, सिआईएनका व्यवस्थापक दीपक आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा रेडियो सगरमाथाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने १३ जनालाई सम्मान गरिएको थियो ।