Successfully Copied

रेडियो सगरमाथा २७ औं वर्षमा

‘रेडियो सगरमाथा’ आफ्नो प्रसारण सेवाको २७ औं वर्षमा प्रवेश गरेको छ ।

‘रेडियो सगरमाथा’ आफ्नो प्रसारण सेवाको २७ औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले रेडियो सगरमाथाले राजनीतिक व्यवस्था र सामाजिक अवस्था सुधार्न निर्वाह गरेको भूमिकाको प्रशंसा गरिन् । उनले रेडियोले आगामी दिनमा समाजसापेक्ष कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन् ।

यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले ‘रेडियो सगरमाथा’ बाट प्रसारित कार्यक्रमबाट थप ज्ञानवद्र्धकका साथै सूचनामूलक सन्देश प्राप्त गर्न सकिने बताए ।


वरिष्ठ पत्रकार भैरव रिसालले जतिसुकै विषम परिस्थितिमा पनि ‘रेडियो सगरमाथा’ ले आफ्नो प्रसारण सेवालाई निरन्तरता दिनुपर्ने बताए । ‘रेडियो सगरमाथा’ का ‘स्टेसन म्यानेजर’ उर्वशी बस्न्यातले सामुदायिक रेडियोहरूलाई प्रविधिको विकासस“गै समय सापेक्ष ढङ्गले अगाडि बढाउनुपर्ने बताइन् । कार्यक्रममा रेडियो सगरमाथाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने १३ जनालाई सम्मान गरिएको थियो ।



कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, सिआईएनका व्यवस्थापक दीपक आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा रेडियो सगरमाथाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने १३ जनालाई सम्मान गरिएको थियो ।

 Image