Successfully Copied

‘लेट मी इन’ अस्पताल अब महाराजगञ्जमा

कार्यक्रममा कोरियामा उत्पादन हुने सौन्दर्यका साधन र प्रविधि कोरियासँगै नेपालमा पनि अपग्रेड गर्ने बताइएको थियो ।


दक्षिण कोरियाको ‘लेट मी इन’ अस्पतालले महाराजगञ्जमा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ ।

बिहीबार एक कार्यक्रमका बीच अस्पतालको उद्घाटन सांसद प्रदीप पौडेल, अभिनेत्री वर्षा राउत र कोरियाली संघका अध्यक्ष इओम जिन योङले गरेका छन् । कार्यक्रममा अस्पतालले शाखाको भ्रमण र छाला हेरचाह उपचार र सौन्दर्य उत्पादनहरूलगायतका विभिन्न सेवाहरूबारे जानकारी दिइएको छ ।

लेट मी इन’ ले फेसियल, लेजर,  छालामा देखिने समस्याहरू हटाउनेलगायतका सेवा दिने क्लिनिकका म्यानेजिङ डाइरेक्टर डोङ सोमाले जानकारी दिए ।

कार्यक्रमा बोल्दै लेट मी इनका अध्यक्ष ली मिन क्युङले महाराजगञ्जमा नयाँ शाखा खोल्न पाउँदा र काठमाडौंका जनतालाई उच्च गुणस्तरको सौन्दर्य र छाला हेरचाह सेवाहरू प्रदान गर्न पाउँदा खुसी लागेको बताइन् ।

कार्यक्रममा कोरियामा उत्पादन हुने सौन्दर्यका साधन र प्रविधि कोरियासँगै नेपालमा पनि अपग्रेड गर्ने बताइएको थियो ।

 Image