प्रधानमन्त्रीद्वारा बेलायतका प्राध्यापक सुवेदीको बायोग्राफी लोकार्पण
राजधानीमा आयोजित ‘प्रा. सूर्य सुवेदीः महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तकको लोकार्पण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे ।
दक्षिण कोरियाको ‘लेट मी इन’ अस्पतालले महाराजगञ्जमा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ ।
बिहीबार एक कार्यक्रमका बीच अस्पतालको उद्घाटन सांसद प्रदीप पौडेल, अभिनेत्री वर्षा राउत र कोरियाली संघका अध्यक्ष इओम जिन योङले गरेका छन् । कार्यक्रममा अस्पतालले शाखाको भ्रमण र छाला हेरचाह उपचार र सौन्दर्य उत्पादनहरूलगायतका विभिन्न सेवाहरूबारे जानकारी दिइएको छ ।
लेट मी इन’ ले फेसियल, लेजर, छालामा देखिने समस्याहरू हटाउनेलगायतका सेवा दिने क्लिनिकका म्यानेजिङ डाइरेक्टर डोङ सोमाले जानकारी दिए ।
कार्यक्रमा बोल्दै लेट मी इनका अध्यक्ष ली मिन क्युङले महाराजगञ्जमा नयाँ शाखा खोल्न पाउँदा र काठमाडौंका जनतालाई उच्च गुणस्तरको सौन्दर्य र छाला हेरचाह सेवाहरू प्रदान गर्न पाउँदा खुसी लागेको बताइन् ।
कार्यक्रममा कोरियामा उत्पादन हुने सौन्दर्यका साधन र प्रविधि कोरियासँगै नेपालमा पनि अपग्रेड गर्ने बताइएको थियो ।