Successfully Copied

होटल बाराहीमा केक मिक्सिङ

होटल बाराही काठमाडौंले केक मिक्सिङ कार्यक्रम सम्पन्न गरेको छ ।


होटल बाराही काठमाडौंले केक मिक्सिङ कार्यक्रम सम्पन्न गरेको छ । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर सेलिब्रिटी, कर्पोरेट पर्सनालिटीलगायत व्यापारिक घरानाका सयभन्दा बढीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।


‘यस्ता कार्यक्रम व्यावसायिक प्रवर्द्धनका लागि मात्रै नभएर शुभेच्छुक माझ खुसी, उमंग र उत्साह साटासाट गर्ने अवसर पनि हो,’ बाराही ग्रुपकी मार्केटिङ एक्जुकेटिभ आस्था थापाले भनिन् । कार्यक्रममा पूर्व मिस नेपाल उषा खड्गी, सृच्छा प्रधान, मिस विभा ग्रान्ड इन्टरनेसनल नेपाल प्रेमा लाम्गादे, सञ्चारकर्मी आसिफ शाहलगायत सेलिब्रिटीले बाराहीको सेतो एप्रोन र ह्याट लगाएर केक मिक्सिङ गरेका थिए ।

 Image