Successfully Copied

२०७९ साल साउन महिनाको राशिफल

व्यावहारिक कार्य गर्दा सजग रहनुपर्नेछ । परिवारमा कसैलाई सन्तान लाभ हुनेछ । आफ्नो इच्छानुसार कतै घुमघाम गर्न जाने मौका मिल्नसक्छ । कसैकसैलाई कुनै कार्यमा सम्मान मिल्नसक्छ । कतैबाट कुनै कुराको लाभ हुनेछ । एक–अर्काको मनोभाव बुझ्दै काम गरेमा दाम्पत्य जीवन सहज हुनेछ ।

मेष

व्यावहारिक कार्य गर्दा सजग रहनुपर्नेछ । परिवारमा कसैलाई सन्तान लाभ हुनेछ । आफ्नो इच्छानुसार कतै घुमघाम गर्न जाने मौका मिल्नसक्छ । कसैकसैलाई कुनै कार्यमा सम्मान मिल्नसक्छ । कतैबाट कुनै कुराको लाभ हुनेछ । एक–अर्काको मनोभाव बुझ्दै काम गरेमा दाम्पत्य जीवन सहज हुनेछ । कहिलेकाहीँ अप्रत्याशित रूपले कुनै कामको जिम्मेवारी आइलाग्न सक्छ । धैर्य, शान्त र सीमित बोलीमा काम गर्नु नै राम्रो हुनेछ ।

वृष

पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । मनमा भएको तनाव हट्नेछ । काम गर्ने पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । आर्थिक लाभ हुनेछ । कुनै कामविशेषले कतैको सानोतिनो यात्रा हुनसक्छ । कुनै खुसीको कुरा सुन्न पाइएला । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । सन्तान सुख प्राप्त हुनेछ । पारिवारिक खुसीका निमित्त केही खर्च हुनसक्छ ।

मिथुन

व्यक्तिगत कार्य एवं खुसीका लागि खर्च हुनसक्छ । सामान बिर्सिने÷छुट्ने सम्भावना भएकाले जहाँ जाँदा पनि आफ्नो सामानकोे ख्याल गर्नुहोला । टाउको एवं आँखा दुख्ने भएकाले सकेसम्म झिना–मसिना काममा संलग्न नहुनु नै राम्रो हुनेछ । सोचेअनुरूप काममा सफलता पाउन केही खट्नुपर्नेछ । आपूmसित असम्बन्धित कुराहरूबाट टाढै रहन रहनु राम्रो हुनेछ । बोली एवं व्यवहारमा विचार पु¥याउनुपर्ने देखिन्छ । अनावश्यक खर्चको योग रहेकाले कुनै पनि सामानको किनमेल गर्नुपूर्व राम्ररी सोच्नुपर्ने देखिन्छ । समय र परिस्थिति हेरेर आपूmअनुकूल अत्यावश्यक कार्यमा आपूmलाई संलग्न गराउनु नै तपाईंका लागि लाभप्रद रहनेछ ।

कर्कट

कुनै कुराले तपाईंलाई व्यस्त बनाउनेछ । सहयोगी हातहरू पछि हट्नसक्छन् । सानातिना कुरामा पनि आफैं खटिनुपर्दा धपेडी हुनसक्छ । पेट एवं मुटुका बिरामीहरूले आफ्नो नियमित स्वास्थ्य, खानपान र व्यायामको ख्याल गर्र्नुहोला । अनावश्यक खर्च हुनसक्ने भएकाले किनमेल गर्दा नहतारिनु नै राम्रो हुनेछ । कसैबाट कुनै कुराको अपेक्षा नराखी अनपेक्षित हँुदै काम गर्दा मन शान्त र सुखी हुनेछ । व्यावहारिक कार्य गर्दा सजग रहनुपर्ने बेला छ । आपूmसित असंलग्न कुराबाट परै रही अत्यावश्यक कुराबाहेकका कुरामा बोल्नु नै राम्रो हुनेछ ।

सिंह

व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । घरमा विभिन्न सरसामग्रीको जोहो हुनेछ । इष्टमित्र एवं साथीसंगीसित भेटघाट गर्ने मौका जुट्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । आफ्नो इच्छानुसारको काम गर्ने अवसर मिल्नेछ । रक्तचापको मात्रामा घटबढ हुनसक्छ, खानपिनको ख्याल गर्नुपर्ने बेला छ । काम गर्ने जाँगरमा कमी आउनसक्छ । अनावश्यक कुरा एवं तनावबाट टाढा रहनसके आफ्नै मन उज्यालो हुनेछ । सकेसम्म शान्त, प्रसन्न र सकारात्मक रहने प्रयास गर्नुहोला । सानोतिनो कुराको बेवास्ता गरी एक–अर्काको भावना बुझ्दै काम गरेमा दाम्पत्य जीवनमा सम्भावित विवाद टर्न सक्छ र एक–अर्काप्रतिको आत्मीयतामा प्रगाढता छाउनेछ ।

कन्या

सोचेअनुरूप काममा क्रमशः सफलता मिल्दै जानेछ । मनमा भएको तनाव हट्न जाँदा काम गर्ने जाँगर बढ्नेछ । विभिन्न ठाउँमा तपाईंको स्वागत एवं सत्कार हुनेछ । कसै–कसैलाई मान–सम्मान प्राप्त गर्ने अवसर मिल्नेछ भने कसै–कसैलाई प्रतियोगितात्मक क्रियाकलापमा सफलता मिल्नेछ । धार्मिक कार्यप्रति झुकाव बढ्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । कुनै काम विशेषले कतैको भ्रमण हुनसक्छ । कुनै सभा–समारोहमा सहभागी हुने मौका मिल्नेछ । इच्छानुसार काम गर्न पाउँदा मन प्रसन्न रहनेछ । दाम्पत्य जीवनमा एक–अर्काप्रतिको अपेक्षित माया एवं समझदारी कायम रहनेछ । कहिलेकाहीँ राम्रो व्यवहार गर्दागर्दै पनि अपजस आइलाग्न सक्छ । सकेसम्म हरेक कुरामा सकारात्मक र आफ्नो कार्यक्षेत्रमा सक्रिय रहने प्रयत्न गर्नुहोला । पारिवारिक वातावरण सुखमय रहनेछ ।

तुला

पारिवारिक वातावरण सुखमय रहनेछ । योजनानुसार सबै कार्यमा क्रमशः सफलता मिल्दै जानेछ । मनमा भएको बोझ हट्नुका साथै आफ्नो काम–कर्तव्य राम्ररी सम्पन्न गर्न पाउँदा खुसी बढ्नेछ । प्रतिस्पर्धात्मक कार्यमा सहभागी हुने मौका मिल्नेछ । कतैबाट कुनै कुराको लाभ हुनेछ । साथी एवं माइतीपक्षसित रमाइलो समय बिताउने मौका जुट्नेछ । व्यक्तिगत कार्य एवं खुसीकालागि समय निस्कनेछ । आर्थिक एवं व्यापारिक क्षेत्र सुदृढ रहनेछ ।  

वृश्चिक

काम गर्ने पराक्रम एवं उत्साह बढ्न जाँदा शरीर स्वस्थ रहनेछ । मनमा भएको तनाव आफै हटेर जानेछ । प्रतिस्पर्धीहरू तपाईंको क्षमताबाट प्रभावित भई आपैm तर्किदै जानेछन् । व्यक्तिगत कार्य एवं खुसीका लागि कुनै कुराको किनमेल हुनेछ । महिनाको उत्तराद्र्ध अनुकूल रहनेछ । पारिवारिक भेटघाट हुनेछ । कुनै नयाँ ठाउँमा घुमफिर गर्ने मौका जुट्नसक्छ । आर्थिक पक्ष सुदृढ भए पनि खर्च उत्तिकै हुने भएकाले अनावश्यक खर्च हुनबाट जोगिनुहोला । पारिवारिक सुख एवं खुसीका निमित्त कुनै कुरामा सम्झौता गर्नुपर्ला ।  

धनु

आर्थिक पक्ष सुदृढ रहनेछ । आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । कसैकसैलाई यो महिनामा सन्तानलाभ हुनेछ । कुनै कुराले गर्दा मनमा प्रसन्नता बढ्नेछ । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । कतैबाट कुनै कुराको लाभ हुनेछ । कहिलेकाहीँ काम गर्दागर्दै अनावश्यक तनावले रिस उठ्नसक्छ, सकेसम्म आपूmलाई शान्त र सकारात्मक राख्ने प्रयत्न गर्नुपर्नेछ । दाम्पत्य जीवनमा आफ्नो जोडीले गरेको कुनै कुरा चित्त नबुझ्नसक्छ । अप्रत्यक्षरूपले चित्त नबुझेको कुरालाई खुलस्त रूपले बुझ्नेगरी उजागर गर्नसके अनावश्यक तनाव र विवाद टर्नसक्छ ।

मकर

कुनै विशेष कामकालागि यात्रा हुनेछ । विभिन्न व्यक्तित्वहरूसित भेटघाट गर्ने मौका मिल्नेछ । सहयोगी हातहरू पछि सर्दा काम गर्दा धपेडी हुनसक्छ । प्राथमिकतानुसारका काममा उचित समय दिन सके अनावश्यक तनावबाट बच्न सकिन्छ । आफ्नो स्वास्थ्य र खानपानको उचित ख्याल गर्नसके मौसमी बिरामी हुनबाट बच्न सकिन्छ । सोचेअनुरूप काममा सफलता पाउन निकै खट्नुपर्नेछ । आफ्नो कार्यक्षेत्रमा सक्रिय रहँदै बोली र व्यवहारमा पनि सामञ्जस्यता राख्न सके सम्भावित अपजसबाट बच्न सकिन्छ । टाउको एवं पेटका बिरामीहरूले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ ।

कुम्भ

 हरेक कार्यमा सोचेअनुसारको सफलता मिल्दै जानेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग प्राप्त हुनेछ । प्रायः सबै कार्य तपाईंकै संयोजकत्व एवं निगरानीमा सम्पन्न हुनेछन् । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । आफ्नो कार्यक्षेत्रबाट पनि राम्रो मान–सम्मान मिल्न सक्छ । प्रतिस्पर्धीहरू आफैं तर्किनेछन् । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । कुनै नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । मनमा भएको तनाव हट्न जाँदा मन खुुसी एवं शरीर स्वस्थ रहनेछ । इच्छानुसारको काम गर्न पाउँदा मुख हँसिलो र उज्यालो रहनेछ ।

मीन

पराक्रम बढ्नेछ । नयाँ एवं पुराना साथीसित भेटघाट गर्ने मौका जुट्नेछ । कामको सिलसिलामा विभिन्न व्यक्तित्वहरूसित चिनजान गर्ने मौका मिल्नेछ । मनमा कुनै नयाँ कामको थालनी गर्ने विचार आउनसक्छ । आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति हुनेछ । सोचेअनुसार काममा सफलता प्राप्त हुन्छ । यात्रा गर्दा वा कतै जाँदा आफ्नो सामानको राम्रो ख्याल गर्नुहोला । कहिलेकाहीँ काम गर्दागर्दै तनाव आइलागे पनि तपाईंको धैर्य र कार्यदक्षताका कारण सजिलै समस्याको समाधान हुनेछ । हडबडीमा कुनै पनि कार्य नगर्नुहोला । जस्तोसुकै तनाव वा समस्या आएपनि आफ्नो धैर्य र सहनशीलतालाई गहनाका रूपमा धारण गर्नसके सजिलै समस्याको समाधान हुनेछ । दाम्पत्य जीवनमा एक–अर्काको सम्बन्धमा राम्रो समझदारी कायम रहनेछ ।

 Image