Successfully Copied

जाडोमा छालाको स्याहार

छालालाई चिसोको प्रभावबाट बचाउन ‘हाइड्रेटिङ सिरम’को प्रयोग गर्नुपर्छ । अनुहार धोइसकेपछि सुख्खा बनाएर सिरमको प्रयोग गर्नुपर्छ । यसले छालालाई नरम बनाउँछ । 

चिसो मौसममा छालामा केही समस्या देखा पर्न सक्छन् । यसबाट बच्नका लागि धेरैले कोल्ड क्रिम लगाउँछन् । कोल्ड क्रिमले छाला हाइड्रेट हुनुका साथै धेरैजसोमा ब्ल्याकहेड्सको समस्या देखिन्छ अनि प्राकृतिक चमक हराएर जान्छ । 

‘जाडोमा कम आद्रता हुने भएकाले छालालाई मोइस्ट र हाइड्रेट राख्न जरुरी हुन्छ’ ब्युटिसियन रश्मि श्रेष्ठ भन्छिन्, ‘चिसो हावाका कारण छालाको प्राकृतिक चिल्लोपन कम भएर जान्छ जसले गर्दा छाला सुख्खा भएर चिलाउने समस्या आउँछ ।’ त्यसैले यो मौसममा छालाको स्याहार–सुसार विशेष तरिकाले गर्नुपर्छ । 

मोस्चराइजर जरुरी

जाडोमा छालाको चमक बनाइराख्न मोस्चराइजर गर्न जरुरी छ । अनुहारको छालालाई मात्र नभएर पूरै शरीरलाई मोस्चराइजरको आवश्यकता पर्छ । छाला धेरै सुख्खा भए क्रिम बेस्डको मोस्चराइजर लगाउनुपर्छ । यसले छालालाई हाइड्रेट मात्र गर्दैन यसले छालाको प्राकृतिक तेललाई पनि बचाइराख्न सहयोग गर्छ । नरिवल, क्यास्ट्रोल, जैतुनको तेलसहित बटरमिल्कले छालालाई मोस्चराइजर गर्न सकिन्छ । त्यस्तै भिटामिन ‘ई’युक्त मोस्चराइजर लगाउनुपर्छ । 

सिरमको प्रयोग

छालालाई चिसोको प्रभावबाट बचाउन ‘हाइड्रेटिङ सिरम’को प्रयोग गर्नुपर्छ । अनुहार धोइसकेपछि सुख्खा बनाएर सिरमको प्रयोग गर्नुपर्छ । यसले छालालाई नरम बनाउँछ । 

प्रशस्त पानी पिउने

चिसो मौसममा धेरैले पानी कम पिउँछन् । यसले डिहाइड्रेसनको समस्या निम्तिन्छ । शरीरमा पानीको मात्रा कम हुनेबित्तिकै छाला सुख्खा हुन्छ । त्यसैले चिसो मौसममा पनि छालाको चमक बढाइराख्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

प्याक लगाउने

छालालाई नरम बनाउन घरमै बनाइएको प्याक लगाउन सकिन्छ । यो मौसममा मुल्तानी माटो र बेसनको प्रयोग गर्नुहुँदैन । यसले छाला सुख्खा बनाउँछ । एलोभेरा, दूध, एभोकाडोबाट बनेको फेसप्याक लगाउनुपर्छ । पछिल्लो समय बजारमा नयाँ ‘सिड प्याक’ उपलब्ध छ । त्यसको प्रयोग गर्न सकिन्छ । यसले छालालाई हाइड्रेट र मोस्चर बनाइराख्छ । सामान्य छाला भएकाहरूले सातामा एकपटक यो लगाउनुपर्छ । धेरै सुख्खा र ‘हेभी मेकअप’ गर्नेहरूले सातामा दुईपटक यो प्याक लगाउनुपर्छ । 

मनतातो पानीको प्रयोग

चिसो मौसममा तातोपानीले नुहाउँदा मांसपेशीलाई आराम मिले पनि शरीरको छाला धेरै सुख्खा हुन्छ । त्यसैले मनतातो पानीको प्रयोग गर्नुपर्छ । यो मौसममा साबुनको प्रयोगबाट बच्नुपर्छ । साबुनमा केमिकल हुने भएकाले शरीरको छाला रुखो बनाउँछ । साबुनले नुहाउँदा छालाको प्राकृतिक चमक हराएर जान्छ । जाडोमा नुहाउनका लागि क्लिन्जरको प्रयोग गर्नुपर्छ अथवा बडी वास आयल वा क्रिम बेस्ड हुनुपर्छ । त्यस्तै अनुहार धुँदा पनि मनतातो पानीको प्रयोग गर्दा छालामा रहेको प्राकृतिक तेल नष्ट हुँदैन र छालामा निखार आउँछ । दिनमा दुईपटक मात्र अनुहार धुनुपर्छ ।

दूधको प्रयोग

छाला एकदमै सुख्खा भए दूधको प्रयोग गर्न सकिन्छ । पूरै अनुहारमा दूध लगाएर एकछिन मसाज गरी मनतातो पानीले सफा गरे सुख्खा छालाबाट छुटकारा पाउन सकिन्छ । रातभर राखेर बिहान पनि पखाल्न सकिन्छ । 

सनस्क्रिनले छालाको स्याहार

धेरैले सनस्क्रिनको प्रयोग गर्मीमा मात्र गरेको पाइन्छ । सनस्क्रिनको आवश्यकता जाडो मौसममा पनि उत्तिकै हुन्छ । किनभने छालामा सूर्यको किरण जाडोमा पनि पर्ने भएकाले सुन्दर छालाका लागि सनस्क्रिन लगाउन छोड्नुहुँदैन । अझ जाडोमा घाममा बस्दा न्यानो हुने भएकाले धेरैजसो घाममा निस्कन्छन्, जसले छाला बिग्रने सम्भावना हुन्छ । त्यस्तै अल्कोहल बेस्ड भएको टोनरको प्रयोगबाट पनि बच्नुपर्छ । 

स्वस्थ खाना 

हामीले जस्तो खाना खान्छांैं, त्यसको असर हाम्रो छालामा देखिन थाल्छ । चिसोले छाला रुखो बनाउँछ । छालाको स्वस्थ र चमक बनाइराख्नका लागि स्ट्रबेरी, अंगुर, ब्लुबेरी, चेरीको सेवन गर्नुपर्छ । यी फलले शरीरमा पानीको मात्रामा कमी हुन दिँदैनन् । यी फलमा पर्याप्त मात्रामा पोषक तत्व पाइन्छ र छाला स्वस्थ र  नरम हुन्छ । 

नियमित सरसफाइ

चिसो मौससमा पनि छालालाई मुलायम र स्वस्थ राख्न दैनिक तालिका बनाएर फलो गर्नुपर्छ । बिहान–बेलुका दिनको दुईपटक अनुहारको सरसफाइ आवश्यक हुन्छ । अनुहारको छालामा मात्र नभएर हात र खुट्टाको छालामा पनि मोस्चराइजर लगाउन बिर्सनुहुँदैन । त्यस्तै, ओठको सुरक्षाका लागि गुणस्तरीय लिपबामको प्रयोग गर्नुपर्छ । छालाको सरसफाइका लागि पनि बिहान गुणस्तरीय मोस्चराइजर र 

बेलुका नाइट क्रिमको प्रयोग गर्नुपर्छ । 

 Image