Successfully Copied

अनलाइन शिक्षाको प्रभावकारिता

अनलाइन कक्षा कत्तिको प्रभावकारी छ ? भच्र्युअल कक्षामा हामी अभ्यस्त नभएकाले सुरु–सुरुमा निक्कै गाह्रो भयो । बिस्तारै बानी पर्दै गएपछि सहज भएको छ । फेरि कोरोना महामारीमा यसको विकल्प पनि त छैन । धेरैले यो प्रविधिसँग सम्बन्धित सीप लिएपछि यसको प्रभावकारिता पनि बढेजस्तो लाग्छ

मीना भट्टराई (अप्रेसन हेड, आदिम कलेज)

अनलाइन कक्षा कत्तिको प्रभावकारी छ ?

भच्र्युअल कक्षामा हामी अभ्यस्त नभएकाले सुरु–सुरुमा निक्कै गाह्रो भयो । बिस्तारै बानी पर्दै गएपछि सहज भएको छ । फेरि कोरोना महामारीमा यसको विकल्प पनि त छैन । धेरैले यो प्रविधिसँग सम्बन्धित सीप लिएपछि यसको प्रभावकारिता पनि बढेजस्तो लाग्छ ।

भच्र्युअल कक्षाका फाइदा र बेफाइदा के–के छन् ?

घरैमा बसेर पढ्न र सिक्न पाइने, समयको बचत हुने यसका फाइदा हुन् । स्वास्थ्यमा पर्न जाने विविध प्रकारका असरका साथै अनलाइन गेमप्रति बालबालिकाहरूमा लत बस्नु यसका बेफाइदा हुन् ।

थप प्रभावकारी बनाउन के आवश्यक पर्ला ?

नेपालका हरेक जिल्लामा सर्वसुलभ मूल्यमा इन्टरनेटको पहुँच हुनुपर्छ । सरकारले शिक्षामा बढी लगानी गर्नुपर्ने देखिन्छ । विद्यार्थीका लागि यस्ता प्रविधियुक्त सामग्री खरिदमा विद्यार्थीलाई छुट र ऋणको व्यवस्था गर्नुपर्छ । इन्टरनेटमा गेम बन्द गरिदिए हुन्छ ।  

अनलाइनले गर्दा पढाइ बिग्रियो, बालबालिकाका लागि आवश्यक पढाइ पुगेन भनिन्छ नि, यसमा तपाईंको भनाइ के छ ?

निश्चित रूपमा पढाइ पुगेको छैन । कतिपय प्राक्टिकल कक्षा अनलाइनमार्फत सम्भव छैन । पढाइ बिग्रियो भन्ने सन्दर्भमा कतिपय विद्यार्थी कक्षा सञ्चालन भइरहँदा भिडियो अफ गरेर अन्तै गइदिन्छन् । एकाउन्ट, गणित, विज्ञानलगायतका विषयमा प्राक्टिकल पुगिरहेको छैन ।

 Image