Successfully Copied

अब्बल नेतृत्व

संयुक्त राष्ट्र संघीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा परियोजनाहरूमा अब्बल नेतृत्व र कार्यसम्पादन गरेका तीन प्रेरणादायी महिलाको अनुभव ।

संयुक्त राष्ट्र संघीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा परियोजनाहरूमा अब्बल नेतृत्व र कार्यसम्पादन गरेका तीन प्रेरणादायी महिलाको अनुभव ।

सरु जोशी श्रेष्ठले नेपाल सरकार र संयुक्त राष्ट्र संघीय निकायहरूमा अब्बल नेतृत्व र कार्यसम्पादन गरिसकेकी छन् । धरानमा जन्मे–हुर्केकी उनले काठमाडौंमा लैंगिक समानता र समावेशीकरणका लागि नीति, तथ्यांक, बजेट तथा बृहत् आर्थिक नीतिका विषयमा वकालत गर्दै र लेख्दै आएकी छन् ।

उनले राष्ट्र संघीय जनसंख्या कोष नेपाल (युएनएफपीए), संयुक्त राष्ट्र विकास कार्यक्रम (युनएनडीपीपी), लैंगिक समानता र महिला सशक्तीकरणका लागि संयुक्त राष्ट्र निकाय ‘युएन–वुमन’ आदिमा करिब २० वर्ष काम गरिसकेकी छन् । ‘युएन–वुमन’ मा दक्षिण एसियाको कार्यक्रम संयोजकका रूपमा पनि काम गरिसकेकी छन् । नेपाल सरकारको उपसचिव तहसम्म करिब १२ वर्ष सरकारी जागिरे भैसकेकी उनले आर्थिक तथा सामाजिक विकासमा काम गर्ने दर्जनौं संस्था र परियोजनामा नेतृत्व गरिसकेकी छन् ।

अहिले नेपाल पोलिसी इन्स्टिच्युट भन्ने विज्ञहरूको ग्लोबल ‘थिंक ट्यांक’ मा कार्यकारी बोर्ड सदस्यका रूपमा कार्यरत छिन् । उनी अन्तर पुस्ता महिलावादी समूह भन्ने एक अभियानमा पनि जुटेकी छन् । ०५८ र ०६८ सालको राष्ट्रिय जनगणनामा लैंगिक समानता र समावेशीकरणको मूलप्रवाहीकरणको काम गरिसकेकी उनले आगामी ०७८ को जनगणनामा पनि काम गर्दैछिन् ।

राजनीतिशास्त्र र लैंगिक समानतामा स्नातकोत्तर गरेकी छन् । उनले विषयगत स्पष्टता, कार्य शैली, स्पष्ट बोल्ने बानी, सहकार्य गर्ने क्षमताले गर्दा संयुक्त राष्ट्र सघीय निकाय, आर्थिक तथा सामाजिक विकासमा काम गर्ने संस्था र परियोजनाहरूमा अब्बल कार्यसम्पादन गर्न सकेको बताउछिन् ।

यसैगरी, समानता र लैंगिकताको सवालमा पैरवी गर्छिन् नम्रता शर्मा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा नेतृत्व तहमा रहेर नेपालमा मात्रै होइन, छिमेकी भारत र केन्यामा पनि कार्यसम्पादन गरिसकेकी छन् । ती संस्थाहरूमा ३० वर्षयता दर्जन जतिमा व्यवस्थापनको माथिल्लो, उच्च ओहोदाको नेतृत्व सम्हालिन् ।

काठमाडौंंकी उनी सन् १९९० को मध्यतिर अंग्रेजी भाषाको राष्ट्रिय ‘इन्डिपेन्डेन्ट’ साप्ताहिकमा सम्पादक थिइन् । उनी तत्कालीन समयमा राजनीतिक बिटमा अंग्रेजी भाषाको पत्रकारितामा परिचित महिला पत्रकार हुन् । समाचार रिपोर्टिङका क्रममा दुर्गम गाउ“हरू चहार्दा उनले जनताको गरिबीलाई नजिकबाट नियालिन् । ‘काठमाडौंमा बसेर ‘पब्लिक पोलिसी’ का बारेमा त लेखें तर देश बुझेकै रहेनछु भन्ने लाग्यो, गरिब धेरै छन्, त्यसमा पनि महिला झनै धेरै रहेछन् भन्ने थाहा पाएँ, त्यसपछि आर्थिक तथा सामाजिक विकासमा काम गर्ने संस्थामा महिला केन्द्रित भई काम गर्न थालें,’ उनले भनिन् । उनी नेपालका लागि संयुक्त राष्ट्र संघीय निकाय विश्व खाद्य कार्यक्रममा प्रतिस्पर्धाबाट नेपालकै प्रथम अधिकृत महिला भई काम गर्ने अवसर पाइन् ।

पारिवारिक पृष्ठभूमिले पनि उनलाई महिला केन्द्रित हुन सिकायो । काठमाडौंमै जन्मे–हुर्केकी भए पनि छोरीबाट बुहारीमा प्रवेश गर्दा संयुक्त परिवारका ३० जनालाई खाना पकाएर खुवाउनुपथ्र्याे । पेसागत कामसँगै घरायसी जिम्मेवारी पनि थियो । पाइन्ट र टिसर्ट लगाएर हिँड्नेले एकाएक साडीमा बेरिनुप¥यो । ‘इन्डिपेन्डेन्ट’ साप्ताहिकमा लै¨िकताको सवाललाई लिएर ‘हर्स’ अर्थात् उनी भन्ने कोलम नै लेखिन् । जुन कोलम उनको परिवारका सदस्यले पनि पढ्थे । यसरी उनले आफ्नो करियरलाई साडीले बेर्न दिइनन् । कडा परिश्रम, कर्तव्य तथा समयनिष्ठ, अनुशासित, प्राविधिक ज्ञान र निरन्तरको अध्ययनले आफूले नेतृत्व तहको जिम्मेवारीमा रहेर काम गर्न सकेको बताउँछिन् ।

त्यस्तै, अपांगता भएका महिलाको अधिकार र हिंसा प्रभावित अपांग महिलाको न्यायमा पहुँच पुनस्थापना र सुरक्षा, अपांगताभित्रको लैंगिक समानता तथा समावेशीकरणको सवालमा २४ वर्षदेखि वकालत गर्दै आएकी छन्, टीका दाहाल ।

मोरङ घर भएकी दाहाल एसएलसी पास गरेर उच्च शिक्षाका लागि वि.सं.०५३ मा काठमाडौं छिरेकी थिइन् । सानैदेखि शारीरिक अपांगता भएको र आर्थिक समस्याले पढाइमा निरन्तरता दिन सकिनन् । काठमाडौंमा पढाइभन्दा पनि बिहान–बेलुकीको छाक टार्ने कुराले पिरोल्थ्यो । काम खोज्दा अपांगता भएकै कारण अवसर चुकाउनुपथ्र्यो । उनले त्यतिबेला आधा पढाइ छाडेर अपांगतासम्बन्धी काम गर्ने एउटा संस्थामा निःशुल्क कम्प्युटर तालिम लिइन् । ०५४ सालमा नेपाल अपांग महिला संघको स्थापना भयो । उनी त्यसमा संस्थापक उपाध्यक्ष भइन् ।  

उनले विभेद, हिंसामा परेका र अवसरबाट वञ्चित पारिएका अपांगता भएका महिलाहरूको क्षेत्रमा निरन्तर काम गर्दै र लेख्दै आएकी छन् । नेपाल अपा¨ महिला संघमा हाल अध्यक्ष रहेकी टीकाले करिब आधा दर्जनजति गैरसरकारी संस्थामा नेतृत्व गरिसकेकी छन् । क्षमता अभिवृद्धि, अहोरात्र खटाइ, अपांगतालाई कमजोरी नठानेर सक्षमता प्रदर्शन गर्न सक्ने आत्मबलले आफूले नेतृत्व गर्न सकेको बताउँछिन् । उनी भन्छिन्–‘आफैले महिला भएर भोगेका सामाजिक, लैंगिक विभेद र अपांगताको बहु विभेदको सिकार भएको र उक्त विभेदविरुद्ध आफैं प्रतिकार गर्दै, लड्दै अघि बढेकीले नेतृत्व गर्न सकेकी छु ।’

 Image