ओराका सामान नेपालमा
चाइनिज कम्पनी ‘ओरा’ का इलेक्ट्रिक सामान नेपाल पनि भित्रिएका छन् । ओउराका घरायसी इलेक्ट्रिक उपकरण विशेष मानिन्छन् । अहिले नेपालमा ओउराका टेलिभिजन, रेफ्रिजेरेटर तथा भ्याकुम क्लिनर उपलब्ध छन् ।

स्विफटन नेपाल प्रा.लि.ले स्विफटन ब्रान्डका १ देखि ५ मुखेसम्मका इलेक्ट्रिक इन्डक्सन हब चुल्हो बजारमा ल्याएको छ । कम्पनीका अनुसार उच्च गुणस्तरीय प्रविधिबाट निर्मित उक्त चुल्हो आकर्षक डिजाइन तथा बिल्ट इन हब र सामान्य टेबलटप झैं प्रयोग गर्न सकिन्छ । कम्पनीले २ हजार देखि ६ हजार ५ सय वाट सम्मका इन्डक्सन हब चुल्हो १ वर्षे वारेन्टीका साथ बजारमा ल्याएको जानकारी कम्पनीका प्रबन्धक निर्देशक दिपेश आचार्यले दिए । यो चुल्हो ओकेदाम डटकम, दराज अनलाइन, ग्यापु डटकम आदि तथा सिधै कम्पनी मार्फत पनि खरिद गर्न सकिन्छ ।