Successfully Copied

शत प्रतिशत निदान हुने स्तन क्यान्सर

केहीवर्ष अघि चितवनकी सरला शर्माको दाहिने स्तनमा गाँठागुठी देखा परेकाथिए । समयमै निक्यौल गरि उपचार गरेकाले अहिले उनी क्यान्सर मुक्त जीवन बिताइरहेकी छिन् । सरलाको जस्तो समस्या अन्य महिलालाई पनि परेको हुन सक्छ ।

डा. अरुण शाही, मेडिकल अंकोलोजिस्ट,पाटन अस्पताल

केही वर्ष अघि चितवनकी सरला  शर्माको दाहिने स्तनमा गाँठागुठी देखा परेकाथिए । समयमै निक्यौल गरि उपचार गरेकाले अहिले उनी क्यान्सरमुक्त जीवन बिताइरहेकी छिन् । सरलाको जस्तो समस्या अन्य महिलालाई पनि परेको हुन सक्छ । तथ्यांकका अनुसार विश्वमा महिलाहरुमा हुने क्यान्सरमध्ये स्तन क्यान्सर पहिलो नम्बरमा पर्दछ । नेपालमा भने यो क्यान्सर पाठेघरको मुखको क्यान्सरपछि दोस्रो नम्बरमा आउँछ। ग्लोबोकन (विश्व स्वास्थ्य संगठन)सन् २०१८ को तथ्यांकअनुसार प्रत्येक दिन नेपालमा ६ जना महिलामा स्तन क्यान्सरको पहिचान हुने र प्रत्येक दिन ३ जना महिलाहरूको मृत्यु स्तन क्यान्सरका कारण हुने गर्दछ। अमेरिकन क्यान्सर सोसाइटीको तथ्यांकअनुसार विकसित मुलुक अमेरिकामा प्रत्येक आठजना महिलामध्ये एक जनालाई स्तन क्यान्सर हुने जोखिम छ । अमेरिकामा फोक्सोको क्यान्सरपछि सबैभन्दा बढी क्यान्सरद्वारा महिलाको मृत्यु स्तन क्यान्सरका कारण हुने गर्दछ।

अक्टोबर महिनामा स्तनक्यान्सर विरुद्ध जागरण फैलाउने अभियानमहिनाको रुपमा संसारभर विभिन्नकार्यक्रमआयोजना गरी मनाइन्छ । यो महिनामामानिसहरु गुलाबी रंगका रिबनतथापहिरन लगाएरविभिन्नकार्यक्रम९बाटोमा हिड्ने, नाचगानगर्ने तथा अरु सामूहिककार्यक्रमगर्ने) गरी समाजका सबै महिलामा स्तनक्यान्सरको जोखिमबाट कसरी सुरक्षित रहने तथा समयमै पहिचान गरे स्तनक्यान्सर निदानहुने क्यान्सर हो भन्ने सन्देशदिनु नै यो जागरण अभियानको मुख्य उद्देश्यहो।

अहिले सम्मको वैज्ञानिक खोज तथा अनुसन्धानले स्तनक्यान्सर यहीकारणले हुन्छ भनेर यकिनगर्न सकेको छैन तर केहीकारण छन्जसले जोखिम बढ्ने सम्भावना रहन्छ–

–  महिलाहुनु र बढ्दो उमेर (धेरै जसो स्तनक्यान्सर ५५ वर्ष भन्दामाथिकामहिलालाई) ।

–  परिवारिमाकसैलाई स्तनवा डिम्बाशयको क्यान्सर भएमा ।

–  जातीय( गोरा महिलाहरुलाई धेरै) ।

–  जेनेटिक्स ।

–  धेरै सानो उमेरमा महिनावारी भएको महिला अथवा धेरै उमेर भएर महिनावारी सुकेका महिलाहरु ।

अन्यजोखिम बढाउने कारण जुनहाम्रो दैनिकजीवनशैलीसँग सम्बन्धित छन् ।

–    गर्भनिरोधकऔषधीको अधिकप्रयोग ।

–    हर्मोन थेरापी धेरै लिनु ।

–   बढी उमेरमा सन्तानजन्माउनुवा सन्ताननभएकामहिलामा ।

–   अत्यधिकधुम्रपान र मादकपदार्थ सेवनगर्ने महिला ।

–   धेरै मोटो महिलावाशारीरिक व्यायामनगर्ने महिलामा ।

स्तनक्यान्सरको जोखिमकमगर्ने केहीउपायः

–  धुम्रपानतथा मद्यपानबाट टाढै रहनु ।

–  शिशुलाई स्तनपान गराउनु ।

–  शरीरको तौलठीक मात्रामाराख्नु ।

–   नियमित रुपमायोग, कसरततथाशारीरिक व्यायामगर्नु र पौष्टिक खानेकुरा खानु।

स्तनक्यान्सरलाई सुरुकैअवस्थामापहिचान गरेर उपचार गर्नुपर्छ भन्ने सन्देश सम्पूर्ण महिलाहरु सम्म पुर्‍याउनु नै स्तनक्यान्सर जागरण अभियानको मुख्य उद्देश्य हो। यसका लागि स्तनक्यान्सरका लक्षणका बारेमा सबै तप्काका महिलाहरुले थाहापाउनु जरुरी छ।

स्तनक्यान्सरका लक्षण :

–   स्तनमा नयाँ गिर्खा तथा गाँठा देखिनु ।

–   स्तनको आकार र प्रकारमा परिवर्तन आउनु ।

–   स्तनदुख्नुवा सुन्निनु ।

–   स्तनमा खाल्डो पर्नु ।

–   स्तनको मुन्टो (निप्पल) बाट रगत अथवा तरल पदार्थ आउनु ।

–   अनावश्यकतौल घट्नु ।

स्तनक्यान्सरलाई सुरुकैअवस्थामापहिचान गरी समयमै उपचार गर्नु नै स्तनक्यान्सरलाई निर्मूल पार्ने अचूक अस्त्र हो। योक्यान्सरलाई समयमै पहिचान गरी समयमा उपचार गरेमायसलाई शतप्रतिशत निर्मूल पार्न सकिन्छ। ढिलाअर्थात् स्टेज ३ वा ४ मापत्ता लागेमा निदान गर्न सकिदैन। यस्तो अवस्थामा यस क्यान्सरलाई प्यालिएटिभ उपचार गरी बिरामीको दुखाई तथा पीडा कम गरी बाँकीजीवन सजिलो बनाउन सकिन्छ । स्तनक्यान्सरलाई सुरुको अवस्थामापहिचानगर्नकालागिदुई महत्वपूर्ण उपाय छन्–

१) ब्रेस्ट सेल्फइग्जामिनेसन (आफ्नो स्तनआफैंजाँच्ने)

१८ वर्षउमेरभन्दामाथिको महिलाले प्रत्येक महिनाको एकपटक महिनावारी भएको ५ देखि ७दिनमाआफ्नो स्तनआफैं जाँचगर्ने । महिनावारी सुकिसकेकामहिलाले प्रत्येक महिनाको एकै दिनपारेर आफ्नो स्तनजाँचगर्न सकिन्छ । यसो गर्दा स्तनको आकार तथाप्रकारमाहुने परिवर्तनकाबारेमा सुरुको अवस्थामैथाहा हुन्छ। र केही परिवर्तन पाए तुरुन्तचिकित्सकको परामर्श लिनुपर्छ ।

२)म्यामोग्राफीद्वारा ब्रेस्टको स्क्रिनिङगर्ने

कुनै पनि रोगको लक्षण देखिनु भन्दापहिले त्यस रोगलाई पहिचानगर्ने प्रविधिलाई स्क्रिनिङ भनिन्छ। स्तनक्यान्सरलाई सुरुकैअवस्थामापत्तालगाउनकालागिमहिलाहरूले स्क्रिनिङजाँच गराउनु पर्छ। यसको सबै भन्दाउत्तमउपाय स्क्रिनिङगर्ने प्रविधिभनेको म्यामोग्राफीहो। अमेरिकन क्यान्सर सोसाइटीको गाइडलाइन अनुसार ४५ वर्ष देखि ६५ वर्षसम्मकामहिलाले वर्षमा एक पटक म्यामोग्राफीजाँचगर्नुपर्छ। यो एक किसिमको एक्सरे हो । जसले स्तनको आकार तथा प्रकारमा भएको परिवर्तनलाई पहिचानगर्दछ।म्यामोग्राफीसँगै अथवा यो गर्न नमिल्ने महिलालाई स्तनको भिडिओ एक्सरे तथा एमआरआई पनिगर्ने गरिन्छ। यी जाँचमा स्तनक्यान्सरको शंका भए बायोप्सी गरेर स्तन क्यान्सरभए नभएको निश्चितहुन्छ ।

अन्त्यमा, अहिले सम्मकै वैज्ञानिक अनुसन्धान तथा क्यान्सर रोग विशेषज्ञको अनुभवका आधारमा दैनिक जीवनशैली तथा स्वास्थ्यसँग अनुशासित भएका महिलामा स्तनक्यान्सरको जोखिमअन्यको तुलनामान्यून हुन्छ । त्यसैले सबै महिलाले आफ्नो दैनिकीमा शारीरिक व्यायाम, योग तथा पौष्टिक खानासँगै स्वस्थजीवननिर्वाह गर्नु जरुरी हुन्छ । साथै स्तनक्यान्सरसम्बन्धी केही शंका भए चिकित्सकको परामर्श लिने र उमेर पुगिसकेपछि पनिचिकित्सकको सल्लाह बमोजिम प्रत्येक वर्षमा एकपटक म्यामोग्राफी गरेमा स्तनक्यान्सर हुनबाट बच्न सकिन्छ ।

 Image