Successfully Copied

सन् २०२० का मेकअप ट्रेण्ड

सन् २०२० मालोरियलले सार्वजनिक रूपमा शतप्रतिशत इकोफ्रेन्डली प्याकेजिङ (पुनप्रयोजन जन्य) सामग्र उत्पादनगर्ने प्रतिबद्धता जनाएको छ । बाहिरी जलविहीन सौन्दर्य पनि यसैतर्फ केन्द्रित छ । सन् २०१९ मा लोरियलले बाहिरी पानीको खपत घटाई सफलता हात पारेको थियो ।

पछिल्लो दशकको उत्तरार्धमा ब्रान्ड र खुद्रा बिक्रेताले कम प्रतिनिधित्व भएका समुदायमा पनि महत्वपूर्ण प्रगति गरे । मूलतःअफ्रिकन र एसियाली महिलामा बढेको सौन्दर्य चेतले सौन्दर्य सामग्रीको बजार बढेको छ । शृङ्गारदेखि केश र स्किनकेयरसम्मका सामग्री शरीरको प्रकार, रुचि, रंग र जातीय आधारमा समेत निर्माण हुनथालेपछि यसको बजार बढेको हो ।

सेता छाला मात्रै सुन्दर होइनभन्ने मान्यतासँगै ५० वर्ष कटेका महिलालाई समेत लक्षितगर्दै विभिन्न ब्राण्डका सौन्दर्य सामग्री उत्पादन भएका छन् । र त्यसको बजार पनि राम्रो छ । त्यस्तै यो साल हर्मोन परिवर्तनले सौन्दर्यमापार्ने असर कमगर्ने खालका सौन्दर्य सामग्री पनि चल्तीमा आएको छ । यसले आममेकअप ट्रेन्डमा नै प्रभाव पारेको छ ।

लेट ब्युटीसँगै ब्लु ब्युटी

सन् २०२० मालोरियलले सार्वजनिक रूपमा शतप्रतिशत इकोफ्रेन्डली प्याकेजिङ (पुनप्रयोजन जन्य) सामग्र उत्पादनगर्ने प्रतिबद्धता जनाएको छ । बाहिरी जलविहीन सौन्दर्य पनि यसैतर्फ केन्द्रित छ । सन् २०१९ मा लोरियलले बाहिरी पानीको खपत घटाई सफलता हात पारेको थियो । त्यस्तै युनिलिभरले पनि यसका उत्पादन प्रयोग गर्ने उपभोक्तासंगको सुझावमा आफ्ना उत्पादनमा बाहिरी पानीलाई आधा तुल्याएको थियो । यसवर्ष वाटरलेस भनिने नयाँ प्रोडक्ट अमेरिकामा सुरू हुँदैछ ।

अर्कोतर्फ स्थिरता र वातावरणीय नैतिकताको सम्बन्धमा ढिलो सुन्दरता अपनाइने अभ्यास विपरीत ‘निलो सुन्दरता’को तरिका अपनाउन थालिएको छ । डब्ल्यूडब्ल्यूडीले भने समुन्द्री पानीको आपूर्ति जस्तै ओशन ब्यूटी (जसले ओसियानासंग साझेदारी गर्ने गर्छ)लाई जोगाउने उद्देश्य राखेका उत्पादनमा जोड दिनुपर्ने बताएको छ । उसले भनेको छ, ‘नयाँ दशक हाम्रो ग्रह कल्याणको लागिआवश्यक छ, र सौन्दर्य उद्योगले यसमा ठूलो भूमिका खेल्न सक्छ ।’

परिस्कृत माइक्रोबायोम स्किनकेयर

गुगलले समेत माइक्रोबायोम (शरीर भित्रका सूक्ष्मजीवहरू)को खोजीगर्ने गर्दछ ।  छालाको सतहमा लाखौंलाख सूक्ष्म जीव हुन्छन्, जसले सौन्दर्य उत्पादनमा ब्याक्टेरिया ब्यालेन्सिङतत्व पु¥याउनु चुनौतीपूर्ण छ । तर हाइपर पर्सनलाइज्ड स्किनकेयरतर्फ सार्दा यसले व्यक्तिको माइक्रोबायोमलाई कारक बनाउँछ । जोन्सन जस्ता सौन्दर्य दिग्गजहरु माइक्रोबायोम प्लेटफर्ममै अहिलेसम्म काम गरिरहेका छन् । सबै उमेरका चिन्तादेखि अनुहारको सुरक्षासम्मको समस्या समाधान गर्न सन् २०२० मा माइक्रोबायोम अग्रपंक्तिमा हुनेछ ।

सौन्दर्य र मानसिक स्वास्थ्य

माईक्रोबायोमःस्वास्थ्य र सौन्दर्य संसारमा कसरी एकीकृत भएको छ भन्ने एक उदाहरण हो । यि दुबैले सौन्दर्यको आदर्श बन्ने दृष्टिकोणलाई बोल्दछन् । जब स्वस्थताको कुरा आउँछ स्वदेखभाल र स्याहारका लागि विगतका बर्षहरुमा गरिएका प्राक्टिसहरु अगाडि आउँछन् । मानसिक स्वास्थ्य वरिपरि वार्तालाप, छलफल, आफ्नो विचारको अभिव्यक्ति पछिल्लो दशकको सबैभन्दा ठूलो प्रचलन हो । 

सन् २०२० मामानसिक स्वास्थ्य, सुन्दरता उत्पादन कम्पनी या ब्रान्डहरूका लागि विशेष ध्यान केन्द्रित हुने बिषय र क्षेत्र हुन् । सौन्दर्य प्रसाधन किनमेल तथा प्रयोग गर्ने बानीले शान्त अनुभूति, अनुभव र शितलता प्रदान गर्दछ । जुन मानिसको शारीरिक, मानसिक र भावनात्मक हितको समर्थनमा हुनेछ । बेलायतको अग्रणी सौन्दर्य बुकिंग सेवा ट्रीटवेलद्वारा शुरू गरिएको सन् २०१९ कोमानसिक स्वास्थ्यजागरूकता प्लेटफर्ममार्फत् आठ देशका २० लाखभन्दा बढी मानिस जोडिएका थिए । यसको रिपोर्ट बोल्छ, ‘हामी आफू स्वयंको हेरचाहमा केन्द्रित रहनुपर्छ, किनकि यसले मानसिक स्वास्थ्यलाई सन्तुलित बनाउँछ ।’

प्रदूषण विरोधी स्किनकेयर सामग्री, सनस्क्रिन जत्तिकै सामान्य

भर्खर प्रमाणित तत्थ्यांकले विश्वको केही प्रतिशत जनसंख्यात्यस्तो स्थानमा बस्छन्, जहाँवायु प्रदूषणका विश्व स्वास्थ्य संगठनको दिशानिर्देश सीमाभन्दा बढी छ । र प्रत्येक वर्ष २ मिलियन मानिसको यसै कारण मृत्यु हुने गर्दछ । वातावरणीय (बाह्य) वायु प्रदूषणको जोखिमको कारण मानिसहरु बिभिन्न रोगको शिकार भइरहेका छन् । अझ यो दोब्बर हुने वातावरणविद् र छाला बिशेषज्ञहरु बताउँछन् ।

‘हाम्रो छाला तथा शरीरलाई सडक यातायात, विद्युत् उत्पादन, कृषि र फोहोर भस्म र उद्योगबाट निस्किने प्रदूषणले धेरै मात्रामा बिगार्छ । छालामा बुढेसकालक ाविशेषताहरू जस्तैः चाउरिपन, गाढा दागधब्बा, एक्ने लगायतका छालाको अवस्थाबाट पीडितहरूको संख्याबृद्धि हँुदै जानेछ । वातावरणीय जोखिम हाम्रो छालाको नम्बर एक शत्रु हो । स्किन केयर सामग्री प्रदूषण सुरक्षा, एसपीएफ र सुपर प्रकाशप्रति बिम्बित टेक्नोलोजीको साथ २०२० मा यसतर्फ केन्द्रित हुनेछन् । प्रदूषण विरोधी दावीका साथ स्किनकेयर उत्पादनको माग क्रान्तिकारी रुपमा बढ्नेछ र ती दैनिक प्रयोग गरिने सूर्य संरक्षण क्रिम जत्तिकै सामान्य हुनेछन् ।

(नारीकर्मी लक्ष्मी भण्डारीले गरेको कुराकानीमा आधारित)

 

 Image