Successfully Copied

व्यायामको महत्व किन छ ? 

एक्सरसाइज गरेमा बलियो, लचलकता र पोस्चर राम्रो हुन्छ । यसले ब्यालेन्स पनि राम्रो हुन्छ । वृद्धामा जहिले पनि म लड्छु कि भन्ने फियर अफ फल हुन्छ । ब्यालेन्स, को–अर्डिनेसन नमिलेर अर्को सेकेन्डरी इन्जुरी हुनबाट बचाउँछ ।

व्यायामले शरीरमा रोगप्रतिरोधक क्षमता राम्रो बनाउँछ । कम्युनिकेबल र नन कम्युनिकेबल डिजिज दुवैमा रोगसँग लड्ने क्षमता बढ्ने भएकाले फिजिकल एक्टिभिटीलाई प्राथमिकतामा राख्नुपर्छ ।  मसल्स सुकेर जाने, मसल्सको असन्तुलन, मसल्स टाइट भएर अप्ठ्यारोका लागि फिजिकल व्यायामले सुधार गर्छ । 

बन्दाबन्दीका कारण धेरै व्यवसाय, अफिसले वर्क फ्रम होमको वातावरणमा काम गरिरहेका छन् । घरबाट काम गर्दा पनि आफ्नो शारीरिक स्वास्थ्यलाई पनि ध्यान दिनुपर्छ । 

अफिसमा काम गर्दा ढाड सिधा राखेर कुर्सीमा बसेर गरिन्छ । ८ घन्टा काम गर्दा पनि त्यति गाह्रो हुँदैन । घरमा बसेर काम गर्दा कहिले बेडमा, सोफामा बसेर ल्यापटपमा काम गरिन्छ । लगातार काम गर्दा खराब आसन (पोर पोस्चर) ले गर्दा धेरैमा ढाड तथा गर्दन दुख्ने समस्या पनि देखा परेका आएका छन् । यसले गर्दा पछि गएर हड्डी खिइने, नशा च्यापिने समस्या उत्पन्न हुन सक्छ । त्यसैले काम गर्दा आसनमा ध्यान दिनुपर्छ । सुतेर बस्नुभन्दा बसेको राम्रो, बस्नुभन्दा उभिएको राम्रो, र उभिनेभन्दा एक दुई कदम हिडेको राम्रो भनिन्छ । काम गर्दा पनि स्थान परिवर्तन गरिरहनुपर्छ । हरेक काम गरेको १५ देखि २० मिनेटसम्म ब्रेक लिई, यताउता १,२ स्टेप हिड्ने र शरीर १५ सेकेन्ड तन्काउनुपर्छ । वर्क फ्रम होममा धेरैको छातीको मसल्स टाइट हुने गर्छ । यसका लागि घरमै व्यायाम गर्न सकिन्छ । ढोकामा जाने, दुवै हात साइडमा राखेर छाती तन्काएमा स्ट्रेचिङ हुन्छ । भर्‍याङ तलमाथि गरेमा पनि खुट्टा बलियो हुन्छ । त्यो पनि नसकेमा स्क्वाटिङ गर्दा पनि घूँडा तथा खुट्टा बलियो हुन्छ । बसेको धेरै समय भएमा खुट्टा चलाउनुपर्छ । खुट्टाको स्ट्रेचिङ भएमा जोइन्ट मूभ हुन पाउँछ र ढाड दुख्ने समस्या पनि कम हुन्छ । 

व्यायाम कति गर्ने ? 

डब्लुएचओले १८ देखि ६४ वर्ष उमेरकाले प्रत्येक हप्ता १ सय ५० मिनेट मोडरेट इन्टेन्सिटी एरोबिक्स एक्सरसाइज गर्ने र ७५ मिनेट भिगर इन्टेन्सिटी एक्सरसाइज गरेमा राम्रो हुन्छ । यसलाई कम्बाइन गरेर गर्दा पनि राम्रो हुन्छ । हरेकपटक एक्सरसाइज गर्दा १० मिनेट बढाएर गरेमा राम्रो हुन्छ । मसल्स बलियो बनाउने एक्सरसाइज गर्नु उपयुक्त हुन्छ । वेट अलिकति राखेर र योगा पनि गर्नु वेश हुन्छ ।

– ६० वर्ष उमेरमाथिका मानिस सक्रिय रहनु नै सबभन्दा उत्तम हो । म एक्सरसाइज गर्छु भनेर कमिटमेन्ट राख्नुपर्छ । ३ देखि ४ हप्ता नियमित एक्सरसाइज गरेमा बानी बस्छ । सधै गर्नुपर्छ भनेर मनमा लिएमा शरीर फिजिकल्ली एक्टिभ हुन्छ । फिजिकल्ली एक्टिभ हुँदा यसले आयु पनि (एडिङ यर्स इन योर लाइफ) बढ्छ । इनर्जी बुस्ट (उर्जा बढावा) हुन्छ । धेरै समय काम गर्ने क्षमता बढ्छ । स्वतन्त्र हुनुका साथै क्रोनिक रोग लाग्नबाट बच्न सकिन्छ । माइन्ड, मूड, मेमोरी बुस्ट गरिराख्न सकिन्छ । 

– सबै उमेर समूहका मानिसमा बन्दाबन्दीका कारण खाने, सुत्ने, उठ्ने, बानीमा परिवर्तन भएको छ । कसैको तौल बढेको छ । कतिको खान मन नलागेर तौल कम भएको छ र निद्रा नलाग्ने पनि समस्या भएको छ । एक्सरसाइज गर्दा मेटाबोलिजम उच्च हुन्छ र क्यालोरी बर्न हुन्छ । यसले तौल पनि मेन्टेन राख्छ । क्रोनिक डिजिज मधुमेह, बिर्सिने रोग, मुटुको रोग, उच्च रक्तचापबाट बच्न सहयोग हुन्छ । 

– एक्सरसाइज गरेमा बलियो, लचलकता र पोस्चर राम्रो हुन्छ । यसले ब्यालेन्स पनि राम्रो हुन्छ । वृद्धामा जहिले पनि म लड्छु कि भन्ने फियर अफ फल हुन्छ । ब्यालेन्स, को–अर्डिनेसन नमिलेर अर्को सेकेन्डरी इन्जुरी हुनबाट बचाउँछ । उमेर जतिसुकै भएपनि एक्सरसाइज गर्न ढिला गर्नुहुँदैन । 

– एक्सरसाइजले शरीर फिट, युवा, मेन्टल हेल्थ राम्रो हुने र राती निद्रा पनि राम्रो पर्छ । 

– सेल्फ कन्फिडेन्ट पनि बिल्ट अप हुन्छ । सबैले घरमा आराम गर्नुका साटो केही समय एक्सरसाइज गरेमा फ्रेस र स्वस्थ हुन सकिन्छ । 

– अशक्त मानिस (डिसएबिलिटी) लाई पनि बन्दाबन्दीले असर गरेको छ । व्हिलचेयरबाट बाहिर निस्कन सकिएन भने पनि व्हिलचेयरमै बसेर एक्सरसाइज गर्न सकिन्छ । शरीरलाई अलिकति छोड्ने र लाइट बडी वेट लेफ्ट अप गर्ने । पानीको बोतल र नुनको प्याकेट समातेर लेफ्ट अप गर्नुपर्छ । शरीर तन्काउनुपर्छ । खुट्टा तन्काउनु पर्छ, व्हिलचेयरमै बसेर योगा पनि गर्न सकिन्छ । खुट्टा तन्काउने र मसल्स टोन बलियो बनाउने खालको एक्सरसाइज व्हिल चेयरमै बसेर गर्न सकिन्छ । बन्दाबन्दीको वहानामा  आफ्नो एक्सरसाइज बन्द गर्नुहुँदैन । 

– यसले मानसिक र शारीरिक स्वास्थ्य दुवै राम्रो हुन्छ । बन्दाबन्दी खुल्नासाथ कन्फिडेन्ट लेवल बढ्नुका साथै back to work जान प्रोत्साहन मिल्छ । 

 Image