Successfully Copied

पहिले भन्दा व्यस्तता बढेको छ 

अहिले कोरोना संक्रमितको आशंकामा धेरैको थ्रोट स्वाब जाच गर्न ल्याइएको हुन्छ त्यसैले डा. रुनाको दैनिकी पनि बिहान ८ बजेदेखि सुरु भएर राती १० बजेसम्म पनि सिद्धिदैन । अहिले विश्व नै कोरोना महामारीमा परेको अवस्थामा चिकित्सक दिनरात नभनी कर्ममा जुटिरहेका छन् ।

डा. रुना झा, राष्टिय जनस्वास्थ्य प्रयोगशाला

विश्वका धेरै देशमा एकै समयमा द्रुत गतिमा फैलिरहेको कोरोना भाइरसको त्रास सबैतिर छ ।  नेपालमा विहीबार (चैत २७) सम्म ९ जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिसकेको छ ।  

कोभिड संक्रमणका बिरामीका उपचार खटिने स्वास्थ्यकर्मी उनीहरुको थ्रोट स्वाब जाच गर्ने (ल्याबमा काम गर्ने) पनि उत्तिकै जोखिममा हुन्छन् । विश्वका विभिन्न मुलुकमा सुरक्षाका सामग्री (पिपपिइ) लगाएर संक्रमित बिरामी हेर्न चिकित्सक र स्वास्थ्यकर्मीसमेत संक्रमित भएका तथा केही मृत्यु समेत भएको छ । यसैगरी अहिले धेरै संक्रममित तथा आशंका गरिएकाको थ्रोट स्वाब जाच गर्न व्यस्त छिन् राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी डा. रुना झा । सुरुवाती दिनमा २,४ वटा थ्रोट स्वाब जाच गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिले दिनमा २ सयको हाराहारीमा जाँच हुन्छ । अहिले यो संख्या बढाएर एक पटकमा ६ सयसम्म टेस्ट गर्न सकिने बनाएको छ । २४ देखि ४८ घन्टामा यसको नतिजा आउने डा. रुना बताउँछिन् । 

अहिले कोरोना संक्रमितको आशंकामा धेरैको थ्रोट स्वाब जाच गर्न ल्याइएको हुन्छ त्यसैले डा. रुनाको दैनिकी पनि बिहान ८ बजेदेखि सुरु भएर राती १० बजेसम्म पनि सिद्धिदैन । अहिले विश्व नै कोरोना महामारीमा परेको अवस्थामा चिकित्सक दिनरात नभनी कर्ममा जुटिरहेका छन् । डा. रुना पनि २४ औं घन्टा बिरामीको थ्रोट स्वाब जाचमा लाग्नु परेकाले आफ्नी सात वर्षीया छोरीलाई बुवाआमाको जिम्मामा छोडेकी छिन् । ल्याबमा व्यस्त र परिआएमा जुनसुकै बेला पनि काममा आउनुपर्ने र सामाजिक दूरी कायम गर्नका लागि उनले छोरीलाई भेट्न नपाएको दुई साता भयो । छोरी भेट्न नपाउनुको पीडा त छदैछ त्यसमाथि ल्याबमा काम गर्दा आफू पनि संक्रमित भइने हो कि भन्ने त्रास पनि उत्तिकै छ । बिरामीको सेवाभन्दा ठूलो केही होइन भनेर आफ्नो मन आफैं बुझाउछिन् । घरका अन्य सदस्य आफ्नो कारणले संक्रमित नहुन् भनेर उनी घरमा एक्लै बस्छिन् । आजकल कोरोनाको त्रासका जाचको संख्या बढेकाले शनिबार पनि उनी ल्याबमा व्यस्त हुन्छिन् । 

कोराना भाइरसका संक्रमित नेपालमा धेरै नभएपनि नेपालमा यति संख्या देखियो भनेर मानिसले अपवाह फैलाइरहेका छन् । डा. रुना अहिलेको विषम परिस्थितिमा यस्तो अपवाह नफैलाउन भन्छिन् । कतिपयले कुनाकुनामा कोरोना भाइरस संक्रमित छन् भनेर पनि तर्साउने गर्छन् । शंका गरिएकाको नमूना प्रयोगशालामा पठाइन्छ । जाच गर्दा भेटिदैन । त्यसैले आशंकालाई सत्य जसरी हल्ला फैलाउन नहुने उनी बताउछिन् । कोरोना संक्रमितको आशंकामा नमूना जाचमा व्यस्त भएकी डा. रुना लकडाउनमा सबै संयमित भई घरमै बसिदिए संक्रमितको संख्या बढ्दैनथ्यो । अहिलेको आपतकालिन अवस्थामा संभव भएका सबै घरमा बसी नागरिकको दायित्व निर्वाह गर्न उनी आग्रह गर्छिन् ।  

( राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी डा. रुना झासँग उपासना घिमिरेले गरेको कुराकानीमा आधारित )

 

 Image