Successfully Copied

परीक्षा तयारीका तीन चरण 

परीक्षा नजिकिँदै जाँदा आउने सम्भावित प्रश्नहरुमा लक्षित गराइन्छ । यो बिधिमा विद्यार्थीले पर्याप्त मात्रामा रिभिजन गर्न सक्दछन् । परीक्षा नजिकिएसँगै तालिका बनाएर पढ्नु उचित हुन्छ । यसो गर्दा समय व्यवस्थापन हुन्छ ।

लकडाउनका कारण विभिन्न तहका परीक्षा स्थगित भएका छन् । स्थगित परीक्षा लकडाउन सकिएसँगै सञ्चालन हुने शैक्षिक संस्थाहरुले घोषणा गरिसकेका छन् । विद्यार्थीले परीक्षा तयारीका लागि विद्यालय जाने, सामूहिक अध्ययन गर्ने, ट्यूसन पढ्ने जस्ता गतिविधि रोकिएका छन् । यस्तो बेला घरमै बसेर परीक्षाको तयारी कसरी गर्ने त ? विभिन्न अध्ययनले परीक्षाको तयारी तीन चरणमा गर्न सकिने सुझाव दिएका छन् । ती निम्नअनुसार छ :

१. कक्षा र परीक्षाको तयारी एकसाथ 

विद्यार्थीले परीक्षा आउनु धेरै अगाडिदेखि परीक्षाबारे सोच्नुपर्ने हुन्छ । यो बिधिमा अध्ययन र तयारी एकसाथ गर्न सकिन्छ । यसरी तयारी गर्दा एउटै बिषयलाई धेरै तरिकाबाट बुझ्न सकिन्छ । यसमा बिभिन्न डाटा संकलन गर्नेदेखि ज्ञानबद्र्धक कुराहरु सिक्ने कुरा पर्दछन् । यस बिधिले धेरै पुस्तकहरु पढ्न सहयोग गर्दछ । साथै एउटै बिषयलाई धेरै तरिकाले खोजमूलक तरिकाले अध्ययन सिकाउँछ । यस प्रकारको अध्ययनमार्फत दैनिक अध्ययन र कक्षाको तयारीमा समेत सहयोग पुग्दछ ।

२. परीक्षाको मध्यस्थता तयारी  

यस प्रकारको परीक्षाको तयारीमा भने विद्यार्थीले पाठ्यक्रमअनुसार पढ्न सक्छन् । यसमा परीक्षा नजिकिँदै जाँदा आउने सम्भावित प्रश्नहरुमा लक्षित गराइन्छ । यो बिधिमा विद्यार्थीले पर्याप्त मात्रामा रिभिजन गर्न सक्दछन् । परीक्षा नजिकिएसँगै तालिका बनाएर पढ्नु उचित हुन्छ । यसो गर्दा समय व्यवस्थापन हुन्छ । त्यस्तै विद्यार्थीले बिभिन्न तरिकाले नोट बनाएर पनि पढ्न सक्दछन् । आफूले सम्झन सक्ने तरिकाले श्रब्य दृश्य सामग्री निर्माण गरेर अध्ययन गरेमा सम्झन सजिलो हुन्छ । 

३. तत्कालको तयारी 

यो समय भनेको परीक्षा आइसकेको समय हो । यतिबेला विद्यार्थीलाई पढ्नका लागि पर्याप्त समय हुँदैन । परीक्षा मुखमा आइसकेको हुनाले विद्यार्थी आत्तिने गर्दछन् । तर  उनीहरुले ध्यान दिएर आफ्नो मेमोरीलाई उचित प्रयोग गर्नुपर्ने हुन्छ । दोस्रो तहमा बनाएका नोट वा कार्डहरु जस्ता सामग्रीको सहयोग लिनुपर्ने हुन्छ । 

(एजेन्सीको सहयोगमा)

 

 Image