Successfully Copied

जंक मूर्तिकी सर्जक

अहिले कलाकारहरूमाझ जंक मूर्तिकारका रूपमा चिनिँदा निकै खुसी लाग्छ । अमेरिका र इजिप्टमा उनका जंक मूर्तिहरू प्रदर्शन भइसकेका छन् । जंकमा ‘इनोभेट’ गरी फर्ममा खेल्दै मूर्तिकलामा फरक स्वाद दिन उनी माहिर छन् । 

भक्तपुरमा जन्मिएकी मीना कायस्थका बुवा नेवारी लोक बाजा बजाउँथे र पेन्टिङ पनि गर्थे । सानोमा उनलाई कलाप्रति उति सारो झुकाव थिएन । तर पनि घरमा पेन्टिङ र संगीतमय वातावरण थियो, त्यसले उनमा नजानिँदो पाराले कलाप्रतिको मोह पैदा भयो । 

मानन्धर परिवारमा जन्मिएकी मीनाको घरमा रक्सी बनाउने तथा तेल पेल्ने काम थियो । पारिवारिक पेसा नै ‘हेबी वर्क’ भएकाले होला, मूर्तिकलामा लाग्न उनलाई असहज भएन । एसएलसीपछि फोटोग्राफर किशोर कायस्थसँग उनको विवाह भयो । कलाकारितमा रूचि भएका श्रीमानको संगतले उनी पनि कला क्षेत्रमा लागिन् । त्यसले आफ्नो कलाकारिताको श्रेय उनी श्रीमान्लाई दिन्छिन् । उनी भन्छिन्–‘धेरैले विवाहपछि करियर सकियो भन्थे तर मेरो ठीक उल्टो भयो ।’ 

प्लस टु सिर्जना आर्ट कलेमा पढेकी मीनाले स्नातक काठमाडौं विश्वविद्यालय (केयू)बाट गरिन् । उनी मूर्तिकलामा केयूको पहिलो ब्याच हुन् । हुन त उनी कलेज जीवनमा राम्रो विद्यार्थी थिइनन्, प्राय: कालो सूचीमा पर्थिन् । कलेज नजाने, ब्रसहरू नसम्हाल्ने, फाल्ने जस्ता कार्यले गर्दा उनी कलामा संवेदनशील नभएको मानिन्थिन् ।

तर, कलेज पछि उनमा मूर्तिकलामार्फत सिर्जनात्मक काम गर्ने सोचका साथ अघि बढिन् । कलाकार कलाप्रेमी श्रेष्ठको स्टुडियोमा काम गर्न थालेपछि उनी सेरामिक्स आर्टमा पनि सक्रिय भइन् । त्यहाँ काम गर्दागर्दै जंक मूिर्ततिर उनको रुचि बढ्न थाल्यो र जंक वर्कमै मूर्तिहरू बनाउन थालिन् । त्यहाँ काम गर्दा उनले नवरस थिममा जंक मूर्तिहरू बनाएकी थिइन् । 

त्यसपछि मीना प्रयोग नहुने र कवाडीमा फालिने सामानहरूको खोजीमा जुट्न थालिन् । त्यस्ता सामग्री उनका मूर्तिहरूमा प्रयोग हुन थाल्यो । त्यस्ता सामग्री खोज्न कवाडी घुम्दा उनलाई धेरैले हेय दृष्टिले हेरेको अनुभव छ । तर ती फालिएका सामानबाट सुन्दर मूर्ति निर्माण गर्ने सपनामा थिइन् उनी । त्यसबाट उनले जंकका विभिन्न थिममा मूर्तिहरू तयार पारेर प्रदर्शनीसमेत गरिन् ।

उनलाई अझैं सम्झना छ, ट्रकमा जंक मूर्तिहरू प्रदर्शनीमा लैजाँदा कवाडीहरू दगुरेर किन्न आएको र ती सामानबाट मूर्तिहरू देख्दा सेल्फी खिचेर ‘वाउ’ भनेको क्षण । उनको पहिलो जंक मूर्ति प्रदर्शनीमा जम्मा ३ मूर्ति बिक्री भए । उनी सम्झन्छिन्– ‘सुरुमा पुराना फालिएका सामानहरूलाई पैसा खर्च नरुचाएको पाएँ । तर जंकबाटै बनेका नवदुर्गा सिरिजका मूर्ति प्रदर्शनी गर्दा सबै मूर्तिहरू बिक्री भए ।’ यसलाई कलाप्रति नेपाली समुदायको सकारात्मक सोच मान्छिन् उनी । 

नवदुर्गाको सिरिजमा उनले भूकम्पमा परेर काम नलाग्ने भएका पुराना ढोकाहरू प्रयोग गरेकी थिइन् । यो सिरिजबाट आफ्नी हजुरआमा निकै खुसी भएको उनले सुनाइन् । मीनाका अनुसार कलामा सुन्दरता मात्र भएर हुँदैन, सन्देशको प्रयोग र थिम हुनैपर्छ । 

अहिले कलाकारहरूमाझ जंक मूर्तिकारका रूपमा चिनिँदा निकै खुसी लाग्छ । अमेरिका र इजिप्टमा उनका जंक मूर्तिहरू प्रदर्शन भइसकेका छन् । जंकमा ‘इनोभेट’ गरी फर्ममा खेल्दै मूर्तिकलामा फरक स्वाद दिन उनी माहिर छन् । 

 Image