Successfully Copied

कोटको फेसन

महिलाहरूमाझ २–३ वर्षदेखि कोटको फेसन फस्टाइरहेको छ । यो वर्ष त टिनएजरदेखि प्लस ५० सम्मले आफ्नो उमेर र शरीरअनुसार कोट लगाउँछन् । 

रूना मानन्धर गुरुङ/ फेसन डिजाइनर

अहिले कोटको फेसन कस्तो छ ?

महिलाहरूमाझ २–३ वर्षदेखि कोटको फेसन फस्टाइरहेको छ । यो वर्ष त टिनएजरदेखि प्लस ५० सम्मले आफ्नो उमेर र शरीरअनुसार कोट लगाउँछन् । 

कस्तो डिजाइनका कोट फेसनमा छन् ?

धेरै किसिमका डिजाइनर कोट बजारमा भित्रिएका छन् । त्यसमा पनि फेसनेबल कोटका रूपमा क्रेप स्टाइल, ओभर कोट, ड्रेस स्टाइल कोट, प्लेटेड कोट आदि रुचाइएको छ । त्यसमा पनि विभिन्न किसिमका नेकलाइन र बेल स्लिभ हालिएका कोट बजारमा छन् । ओभर कोटमा ब्यागी तथा फिटिङ कोट धेरैले रुचाएका छन् । साना नानीहरू समेत डिजाइनर कोटमा सजिएर पार्टी तथा अन्य कार्यक्रममा जाने चलन बढेको छ । क्याजुअलमा जिन्स, स्किनी टाइट पाइन्ट आदिसँग लङ बुटमा लङ कोट अहिले चलेको फेसन ट्रेन्ड हो । पार्टीमा साडी लगाउने समूहबीच पनि कोटको लोकप्रियता उत्तिकै देखिन्छ । साडीमा पन्चु वा सल लगाउनुभन्दा डिजाइनर ओभर कोटमा स्मार्ट र वार्म लुक्स प्राप्त हुने हुँदा धेरैको रोजाइमा साडी विथ कोट छ । 

कोटका लागि उपयुक्त फेब्रिक कुन–कुन हुन् ?

फर, ट्विड, लेदर, ब्लेजर तथा भेलभेटका कोट विन्टर सिजनका लागि उपयुक्त फेब्रिक हुन् । गर्मीमा शीतलता दिने सर्ट एन्ड लंग हल्का फेब्रिक उपयुक्त छन् । 

अहिले कोटका लागि कुन–कुन कलर उपयुक्त हुन्छन् ?

पहिले ब्ल्याक, ब्राउन र रेड कोट नै बढी सिलाउने तथा किन्ने चलन थियो तर अहिले एल्लो, पिंक, प्यारोट ग्रिन, पिच, ब्लु, पर्पल, डार्क ब्लु, मरुन आदि फेसनमा छन् ।

उमेरअनुसार कोटका डिजाइन कस्ता छन् ?

हिजोआज उमेरभन्दा पनि शरीरको बनोटअनुसार पहिरन छनोट गरिन्छ । मिडिल एजका लागि ओभर कोट, सिम्पल ए लाइन तथा हिपसम्मको कोट राम्रो देखिन्छ । निलेन्थ कोट साडीमा पनि निकै आकर्षक देखिन्छ । टिनएजरहरूका लागि प्लेटेड तथा ड्रेस स्टाइलका कोट राम्रा देखिन्छन् । 

 Image