Successfully Copied

प्लास्टिक खतरा बन्दै

प्लास्टिकले हाम्रो दैनिकी सरल त बनाउँदैछ तर त्यससँगै हाम्रो स्वास्थ्य एवं पर्यावरणलाई पनि उत्तिकै नोक्सान पुर्‍याउँदैछ । कुनै न कुनै माध्यमबाट प्लास्टिकका कण हाम्रो शरीरभित्र प्रवेश गरिरहेका हुन्छन् ।

 

 प्लास्टिकले हाम्रो दैनिकी सरल त बनाउँदैछ तर त्यससँगै हाम्रो स्वास्थ्य एवं पर्यावरणलाई पनि उत्तिकै नोक्सान पुर्‍याउँदैछ । कुनै न कुनै माध्यमबाट प्लास्टिकका कण हाम्रो शरीरभित्र प्रवेश गरिरहेका हुन्छन् ।

 

एकैछिन हाम्रो भान्सालाई नियालेर हेरौं त, पानी राख्ने भाँडा प्लास्टिकको छ । हामी मरमसला पनि प्लास्टिकको बट्टामै राख्छौं । नुन, तेल इत्यादि राख्ने भाँडा प्लास्टिककै हुन्छ । बजारबाट हामी प्लास्टिककै प्याकेटमा भएको दूध ल्याउँछौं । अचार पनि प्लास्टिककै प्याकेट वा बट्टामा हुन्छ । 

यस अर्थमा प्लास्टिक हाम्रो दैनिकी भैसकेको छ । बिहानदेखि साँझसम्म हामी प्लास्टिकको नियमित सम्पर्कमा रहन्छौं । चाहे तरकारी किनेर बोक्न होस् वा चिया–नास्ता खाने भाँडा सबै प्लास्टिककै हुन्छन् । 

हुन पनि हरेकजसो सामग्री प्लास्टिकबाट बनेका हुन्छन् । टिभीको रिमोटदेखि फ्रिजमा भित्रको कन्टेनरसम्म । पानी खाने बोतलदेखि खाना पस्कने चम्चासम्म हामी प्लास्टिककै सामान प्रयोग गर्छौं । त्यति मात्र नभएर हामीले प्रयोग गर्ने हरेक सामान प्लास्टिकमै प्याक भएर आउँछन् । हाम्रो वरिपरि सबै कुरामा प्लास्टिक छ अर्थात् हामी प्लास्टिकले घेरिएका छौं ।

प्लास्टिकले हाम्रो दैनिकी सरल त बनाउँदैछ तर त्यससँगै हाम्रो स्वास्थ्य एवं पर्यावरणलाई पनि उत्तिकै नोक्सान पुर्‍याउँदैछ । कुनै न कुनै माध्यमबाट प्लास्टिकका कण हाम्रो शरीरभित्र प्रवेश गरिरहेका हुन्छन् । प्लास्टिक सस्तो, हल्का र बोक्न पनि सजिलो साधन भएकाले यसको प्रयोग व्यापक भएको छ । 

प्लास्टिकको सुरुवात 

हुन त प्लास्टिकको प्रयोग सदियौं पहिलेदेखि नै हुन थालेको हो । सन् १२८४ देखि नै प्लास्टिकको उत्पादन हुन थालेको थियो । प्रकृतिमा पाइने विभिन्न वस्तुबाट प्लास्टिक बनाउन थालिएको थियो । सन् १९०७ मा अमेरिकाको न्यूयोर्कमा बस्ने बेल्जियन नागरिक लिओनेनड्रिक बिकल्यान्डले सिन्थेटिक प्लास्टिकको निर्माण गरेका हुन् ।

सन् १९२२ मा वैज्ञानिक स्टाउडिन्जरले प्लास्टिकका अन्तर्वस्तु पत्ता लगाए । उनलाई सन् १९३५ को नोबेल पुरस्कार प्रदान गरिएको थियो । सन् १९२४ मा आइपुग्दा पानीजस्तो सफा प्लास्टिक बन्यो भने विकसित देशहरूले प्लास्टिकका उत्पादन बढाउन थाले । बेलायतले १९३९ मा पोलिथिनको झोलाको आविष्कार गरी त्यसको व्यावसायिक उत्पादन सुरु गर्‍यो । सन् १९४० को विश्वयुद्धमा प्लास्टिकका गोली र बन्दुकसमेत बनाएर चलाइएको इतिहास छ ।

सन् १९५० देखि खेलौना, पोलिथिन ब्याग, कपडा आदिका साथै अरू लत्ताकपडा पनि प्लास्टिकबाटै बन्न थाले । पछि गएर घर रंगाउने रंगमा पनि प्लास्टिक मिसिन थाल्यो । घरका भित्तामा लगाइएको रंग पानीले नभिज्ने र साइनिङ आउने भयो । बाहिरी वस्तु मात्र नभई मानिसका अङ्ग पनि प्लास्टिकबाट बन्न थाले । दृष्टि नभएको आँखा पहिले नै बनेको हो । आँखा गुमाएकाहरूका लागि लक्षित गरेर तयार पारिएका प्लास्टिकका कृत्रिम आँखाले सौन्दर्य बढाउने काम गर्छन् । त्यसैगरी कृत्रिम प्लास्टिकका दाँत पनि तयार भैसकेका छन् । 

दाँत झरेकालाई प्लास्टिकका दाँत वरदान साबित भए । अनुहार मिलेन वा कुनै कारणले छाला बिग्रियो वा अझ राम्रो र आकर्षक अनुहार बनाउन प्लास्टिक सर्जरी गरिन्छ । यो पद्धतिको आधारवस्तु प्लास्टिक नै हो । सन् १९४२ मा प्लास्टिकको मुटु निर्माण हुँदा विश्वभर तहल्का मच्चाएको थियो । अहिलेसम्म आइपुग्दा हरेक सामान प्लास्टिकका बन्न थालिसकेका छन् । सन् १९५० को दशकयता संसारमा ८ दशमलव ३ करोड टन प्लास्टिक उत्पादन भैसकेको छ । 

उत्पादन बढ्दै

नेपालमा प्लास्टिकका झोलाहरूको प्रयोगमा प्रतिबन्ध लगाउने प्रयास भैरहेको पाइन्छ । कालो प्लास्टिकको झोला पूरै बन्देज भैसकेको छ । नेपालका कतिपय नगर तथा गाउँमा प्लास्टिकका झोलाको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । 

काठमाडौंमा मात्र ४ लाख ७० हजारदेखि ४ लाख ८० हजार प्लास्टिकका झोला दैनिक प्रयोग गरिन्छ । नेपालमा १६ प्रतिशत सहरी फोहोरमैला प्लास्टिकजन्य उत्पादनका हुन्छन् । त्यसबाट दैनिक २ दशमलव ७ टन प्लास्टिकजन्य फोहोर–मैला निस्कन्छ । 

युएनइपीका अनुसार विश्वमा प्रत्येक वर्ष १० खर्ब प्लास्टिकको झोला खपत हुन्छ । त्यसमा प्लास्टिकका झोलादेखि प्लास्टिकबाट बनेका बोरासम्म पर्छन् । अहिले प्लास्टिकको हानि–नोक्सानीका बारेमा जनचेतना बढाउँदै यसको उत्पादन, प्रयोग एवं प्रचार–प्रसारमा रोक लगाउने काम भैरहेको छ । वल्र्ड इकोनोमिक फोरमको एक तथ्यांकअनुसार बितेका ५० वर्षमा प्लास्टिकको उत्पादन दोब्बर भएको छ । यो क्रम यसरी नै जारी रहे आगामी ५ वर्षभित्रमा प्लास्टिकको उत्पादन ३ गुणाले वृद्धि हुने पक्का छ ।

विश्वमा हरेक वर्ष ३० करोड टन प्लास्टिकबाट बन्ने फोहोर जम्मा हुन्छ । जुन विश्वको कुल जनसंख्या बराबर हो । सन् १९५० देखि अहिलेसम्ममा ८ सय करोड टन प्लास्टिकको उत्पादन भैसकेको छ । अहिलेसम्म जति फोहोर पैदा भएको छ, त्यसको केवल ९ प्रतिशत फोहोर मात्र रिसाइकल हुन्छ । १२ प्रतिशत फोहोर नष्ट हुन्छ र ७९ प्रतिशत फोहोर पर्यावरणमा गएर मिल्छ । त्यही पर्यावरणमा मिलेको फोहोर हावा–पानीमार्फत हाम्रो शरीरभित्र प्रवेश गर्छ ।

प्लास्टिकलाई पुन: प्रयोग गर्न सकिन्छ तर झन्झटिलो र खर्च बढी हुने भएकाले विश्वभरमा उत्पादन हुने प्लास्टिकमध्ये करिब ९ प्रतिशत प्लास्टिक मात्र पुन: प्रयोग हुने गरेको छ । नेसनल जियोग्राफीका अनुसार प्लास्टिक उत्पादनको क्रम यही गतिमा बढ्दै गए आगामी सन् २०५० सालसम्ममा पृथ्वीमा १२ अर्ब टन प्लास्टिकको फोहोर थुप्रने पक्का छ ।

खतरनाक सिंगल युज प्लास्टिक

सिंगल युज प्लास्टिक सबैभन्दा बढी हानिकारक हुन्छ । जुन प्लास्टिक एकपटक मात्र प्रयोगमा आउँछ त्यसलाई सिंगल युज प्लास्टिक भनिन्छ । जस्तो चिया खाने प्लास्टिकको कप, चम्चा, प्लेट, पोलिथिन झोला आदि । यस्ता सिंगल युज प्लास्टिक माटोमा घुल्न ५ सयदेखि १ हजार वर्षसम्म लाग्छ । 

कुन प्लास्टिक कति घातक ?

प्लास्टिकका उत्पादनलाई विभिन्न भागमा वर्गीकरण गरिएको छ । पहिलो नम्बरको प्लास्टिक वा प्रशोधनलाई पोली इथाइलिन ‘पेट’ भनिन्छ । त्यस्तै दोस्रो नम्बरको प्रशोधनलाई हाइ डेन्सिटी पोलिइथाइलिन ‘एचडीपीई’, तेस्रो नम्बरको प्लास्टिकलाई पोलिभिनाइल क्लोराइड वा ‘पीभीसी’, चौथो नम्बरको प्लास्टिकलाई लो ‘डेन्सिटी पोलिइथाइलिन’, पाँचौं नम्बरकोलाई ‘पोलिप्रोपाइलिन’, छैटौं नम्बरको प्लास्टिकलाई ‘पोलिस टाइरिन’ तथा सातौं नम्बरकोलाई ‘पोली कार्बोनेटेड’ भनिन्छ ।

प्लास्टिक वा प्लास्टिकजन्य सामग्रीलाई मानव स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिँदैन । यद्यपि ३ नम्बरको प्लास्टिक पीभीसी, ६ नम्बरको प्लास्टिक पोलिस्टाइरिन तथा ७ नम्बरको प्लास्टिक पोलिकार्बोनेटेडलाई भने अरूको तुलनामा बढी खतरनाक मानिन्छ । यस्ता प्लास्टिकमा बढी मात्रामा औद्योगिक रसायन बिसफेनोल ए (बीपीए), थाइलाइड, अक्सिडिन एवं पोलिकार्बन पाइन्छ, जसले स्वास्थ्यमा हानि पुर्‍याउँछन् । यी रसायनले शरीरमा एलर्जी हुनेदेखि जन्मने शिशुहरूमा शारीरिक तथा मानसिक पक्षघात तथा वंशानुगत परिवर्तनसम्म ल्याउन सक्छन् ।

के हो बीपीए ?

बिसफेनोल ए अर्थात् बीपीए एक प्रकारको रसायन हो, जसको प्रयोग प्लास्टिक निर्माणका क्रममा गरिन्छ । यसले मानव जीनवमा वंशानुगत परिवर्तनसम्म ल्याउन सक्छ । प्लास्टिकका भाँडालाई आकर्षक, नरम वा कडा बनाउन प्रयोग गरिने यो रसायनले क्यान्सरसमेत निम्त्याउन सक्छ । बीपीए खासगरी पलिकार्बोनेट प्लास्टिक तथा इपाक्सी रेजिन्समा पाइन्छ जुन प्लास्टिकमा खाना तथा पेयपदार्थ आदि प्याक वा स्टोर गरिन्छ । यो केमिकल खानेकुरामा सजिलैसँग घुल्छ । तातो चिया, पानी वा खानेकुरालाई प्लास्टिकमा राख्दा त्यो पग्लिएर त्यसबाट बीपीए निस्कन्छ । सूर्यको किरणले तातेर पनि यो रसायन खानेकुरामा सजिलै घुल्न सक्छ ।

 

गुणस्तरको जाँच

प्लास्टिकमा भण्डारण गरिएको खानेकुरा हानिकारक हुन्छ । हामी दैनिक प्लास्टिकका सामान प्रयोग गर्छौँ  तर हामीले प्रयोग गरिरहेको प्लास्टिक कत्तिको हानिकारक छ ? यसले हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ? गुणस्तरीय छ कि छैन ? भनेर ध्यान दिँदैनौं । कहिल्यै प्लास्टिकका बट्टामा प्याक भएको सामान प्रयोग गर्नुअघि त्यसको पछाडि के लेखिएको छ भनेर हेर्दैनौं । यस्ता सामान प्रयोग गर्नुअघि गुणस्तर चिन्ह छ कि छैन हेर्नुपर्छ । गुणस्तरीय सामानमा चिन्ह हुन्छ । यो चिन्हलाई ‘रिजन आइडेन्टिफिकेसन कोड सिस्टम’ भनिन्छ । त्रिकोणात्मक चिन्हको बीचमा केही अंक हुन्छ । जुन अंकबाट त्यो प्लास्टिक कसरी बनेको छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।

 Image