Successfully Copied

साहसिक खेलमा महिला

नेपालका मुख्य साहसिक खेल बन्जी जम्पिङ, प्याराग्लाइडिङ, जिपलाइन, र्‍याफ्टिङ, क्लाइम्बिङ, माउन्टेन बाइकिङ, क्यानोइनिङ आदि हुन् । यस्ता साहसिक खेलमा महिलाको चासो तथा उपस्थिति बढ्दै गएको छ ।

नेपालका मुख्य साहसिक खेल बन्जी जम्पिङ, प्याराग्लाइडिङ, जिपलाइन, र्‍याफ्टिङ, क्लाइम्बिङ, माउन्टेन बाइकिङ, क्यानोइनिङ आदि हुन् । यस्ता साहसिक खेलमा महिलाको चासो तथा उपस्थिति बढ्दै गएको छ ।

महिलाहरूमा खेलप्रतिको आकर्षण बढ्दो छ । अन्तर्राष्ट्रिय स्तरमा समेत महिला खेलकुदले फड्को मारिरहेको छ । महिलाहरू साहसिक खेलमा समेत साहस देखाउँदै अघि बढिरहेका छन् । नेपालका मुख्य साहसिक खेल बन्जी जम्पिङ, प्याराग्लाइडिङ, र्‍याफ्टिङ, क्लाइम्बिङ, माउन्टेन बाइकिङ, क्यानोइनिङ आदि हुन् । यस्ता साहसिक खेलमा महिलाको चासो तथा उपस्थिति बढ्दै गएको जानकारहरू बताउँछन् ।

जिपलाइन 

कलाकार कञ्चन सापकोटालाई जिपलाइन खेलमा सहभागी हुँदा तुइनको याद आयो । रमाइलोका लागि एकछिन खेल्दा त ठीकै छ, तर दिनरात तुइनमा विद्यार्थीहरूले कति समस्या भोग्दा हुन्, उनलाई महसुस भएको थियो । ‘जिपलाइन’ मा पछिल्लो समय महिलाहरूको उपस्थिति बढ्दै गएको बताउँछन् धुलिखेल जिपलाइनका सञ्चालक केदारबहादुर थापा । उनका अनुसार एक वर्ष अघिदेखि सञ्चालनमा आएको जिपलाइनमा हालसम्म ६५ प्रतिशत महिलाले सहभागिता जनाइसकेका छन् । ‘जिपलाइन’ एक साहसिक खेल हो । यो खेलमा फलामले लठ्ठामा घिर्नीको सहायताले विशेष फित्तामा झुन्डिएर अघि बढ्नुपर्ने हुन्छ ।

 

प्याराग्लाइडिङ

प्याराग्लाइडिङका लागि नेपालको प्रसिद्ध ठाउँ–हो पोखरा । विदेशी हुन् वा स्वदेशी जोकोही प्याराग्लाइडिङका लागि पोखरा पुग्छन् । पोखराले प्याराग्लाइडिङको मज्जा दिनुका साथै थुप्रै प्याराग्लाइडर पाइलटसमेत उत्पादन गरेको छ । प्याराग्लाइडिङ पाइलटहरूमा महिलाहरूको उपस्थिति पनि बढ्दो क्रममा छ । महिलाहरू आफूलाई यो क्षेत्रमा स्थापित गर्दै व्यावसायिक रूपमा समेत अघि बढिरहेका छन् । रहरका लागि खेलिने यो खेल प्रतिस्पर्धात्मक रूपले समेत अघि बढिरहेको छ । 

प्याराग्लाइडिङकी प्रथम महिला खेलाडी तथा पाइलट हुन्–तिस्रा श्रेष्ठ बम्जन । पोखराकी श्रेष्ठ श्रीमान् प्याराग्लाइडिङ पाइलट भएका कारणले उनकै प्रभावमा यो क्षेत्रमा लागेकी हुन् । करिब १२ वर्षअघि यो क्षेत्रमा उनी एक मात्र महिला थिइन् । सिकाइका क्रममा प्याराग्लाइडिङमा प्रवेश गरेकी श्रेष्ठ यही क्षेत्रमा आफ्नो भविष्य कोर्दैछिन् । 

श्रेष्ठ सिकारू खेलाडी हुँदै अहिले पाइलट बनेकी हुन् । उनले राष्ट्रिय स्तरका प्रतियोगितादेखि लिएर एसियन खेलसम्ममा प्रतिस्पर्धा गरेकी छिन् । अहिलेको समयमा महिलाहरूमा यो क्षेत्रमा समेत चासो बढ्दै गएको उनले बताइन् । श्रेष्ठ भन्छिन्–म एक्लै प्रवेश गरेको यो क्षेत्रमा अहिले महिलाहरूको उपस्थिति राम्रो छ, पुरुषको तुलनामा कम भए पनि महिलाहरू पनि यो खेलसँग जानकार हुन थालेका छन् । यो क्षेत्र केही महँगो भएकाले कतिपय चाहेर पनि आउन नसकेको श्रेष्ठ बताउँछिन् । 

बन्जी जम्प

बन्जी जम्पका लागि मलिसा खत्री बुटवलबाट एक्लै भोटेकोसी पुगिन् । बन्जी गर्ने रहर उनमा पहिलेदेखि नै थियो । डोरीको सहायताले हाम फाल्ने रहरले पनि भोटेकोसी पुगें’ उनले भनिन् । डर लागे पनि उनले हाम फाल्ने आँट गरिन् । साहसिक खेल भए पनि रहर र आँट भएपछि सकिन्छ । छोटो समयको खेल भएकाले रमाइलो भए पनि उनलाई समय भने कम लाग्यो । समय भएको भए अझ रमाइलो गर्थें कि उनलाई लागिरहन्छ । एडभेन्चरस खेल मन पराउनेहरूले बन्जी जम्प गर्नैपर्ने खत्रीको धारणा छ । उनी भन्छिन्–यसले आत्मविश्वास बलियो बनाउँछ । महिलाहरूलाई भने साहसिक खेल भएकाले घरपरिवारबाट सहजै अनुमति प्राप्त हुँदैन । 

अहिले बन्जी जम्पमा महिलाहरूको क्रेज बढ्दै गएको ठमेल स्थित द लास्ट रिसोर्टका प्रबन्ध निर्देशक भुवन शर्मा बताउँछन् । १८ वर्षदेखि ३० वर्षका महिलाहरूमा यो खेल लोकप्रिय बन्दै गएको उनले बताए । डोरीको सहायताले पुलबाट खोलामा हाम फाल्नुपर्ने भएकाले हरकोहीमा डर भने हुन्छ नै, शर्मा भन्छन्–‘यस्तो अवस्थामा हामी केही समय प्रशिक्षणसमेत दिन्छौं ।’ 

क्लाइम्बिङ

बाल क्लाइम्बिङकी अन्तर्राष्ट्रिय खेलाडी हुन्–स्वस्तिका चौधरी । करिब दुई वर्षदेखि क्लाइम्बिङ गरिरहेकी चौधरीले राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलमा समेत सहभागिता जनाइसकेकी छिन् । दाइको सुझावमा २० वर्षीया चौधरी क्लाइम्बिङमा रमाउन थालेकी हुन् । क्लाइम्बिङमा पुरुषको तुलनामा महिलाहरूको संख्या एकदमै कम रहेको उनले देखेकी छिन् । महिलाहरूले यो क्षेत्रमा अघि बढ्न पारिवारिक साथ नपाउने भएकाले पनि संख्या कम छ ।’ चौधरी भन्छिन् । क्लाइम्बिङको क्षेत्रमा खर्च पनि धेरै हुने भएकाले हरकोही चाहेर पनि यो क्षेत्रमा प्रवेश गर्न नसक्ने चौधरीको अनुभव छ । उनी भने यही क्षेत्रमा आफ्नो भविष्य बनाउने तयारीमा जुटेकी छिन् । अन्तर्राष्ट्रिय स्तरको तुलनामा नेपालमा क्लाइम्बिङको अवस्था दयनीय रहेको उनी बताउँछिन् । 

र्‍याफ्टिङ

र्‍याफ्टिङ प्रति मानिसहरूको क्रेज राम्रै छ । प्रतियोगिताको दृष्टिकोणले भन्दा पनि यो खेल मनोरञ्जनका रूपमा बढी खेलिन्छ । खोला किनारमा पानीको छालसँग खेलिने यो खेललाई पनि साहसिक खेलका रूपमा लिइन्छ । र्‍याफ्टिङका लागि त्रिशूली, भोटेकोसी, सुनकोसी तथा कालीगण्डकी चल्तीका गन्तव्य हुन् । 

साहसिक खेल र्‍याफ्टिङमा पनि युवतीदेखि विवाहित महिलाहरूसम्मको चासो बढ्न थालेको छ । बानेश्वरकी कल्पना राई कलेजको भ्रमणका क्रममा भोटेकोसीमा र्‍याप्टिङ गर्न पुगिन् । सामाजिक सञ्जालमा साथीहरूको तस्बिर देखेर पनि उनी र्‍याफ्टिङप्रति आकर्षित भएकी थिइन् । पहिले उनले २० जनाको समूहमा पानीको छालसँग खेल्दै १ घन्टा र्‍याफ्टिङमा बिताइन् ।उनलाई त्यो क्षण अविस्मरणीय लाग्छ । मनमा डर हुँदाहुँदै पनि रमाइलो गर्न सकेकोमा त्यत्तिकै दंग छिन् उनी । राई भन्छिन्–‘आँट गर्न सके हरेक क्षेत्रमा महिलाहरूले सफलता हासिल गर्न सक्छन् ।’

 Image