नयाँ प्रविधिबाट मोतीबिन्दुको शल्यक्रिया -डा. सबिन ढकाल, मोतीबिन्दु र रिफ्राक्टिभ सर्जन
सबै मोतिबिन्दुको शल्यक्रिया बिना सुई नयाँ प्रबिधिबाट गरिने नेपालको पहिलो अस्पताल एएसजी आई केयर हो
नेपालमा हरिया तरकारी तथा फलफूलमा मात्र नभएर माछा, मासुलगायत अन्य खाद्यपदार्थमा समेत विषादी देखा पर्न थालेको छ । नेपाली उत्पादन थलो र बजारमा समेत सरकारद्वारा रोक लगाइएका थुप्रै विषादी छ्यापछ्याप्ती प्रयोग भैरहेका छन् ।
मैले यही विषयमा पाँचखालमा शोध गर्दा आज बिहान विषादी छरेर बेलुका फलफूल–तरकारी टिपेर खाएको समेत पाएँ जबकि फलफूल वा तरकारीको बोटमा विषादी छरेपछि न्यूनतम ७ देखि १५ दिनसम्म कुर्नुपर्छ । यसबाटै प्रस्ट हुन्छ किसान स्वयं पनि विषादीको प्रयोगका सम्बन्धमा सजग र सचेत छैनन् ।
विशेषगरी गोलभेंडामा अर्गानोक्लोरिन, पाइरिथ्रोइड्स, कार्बामेट तथा भान्टा र तितेकरेलामा पाइरिथ्रोइड्स, अर्गानोक्लोरिन आदि विषादी पाइएको थियो । एन्ड्रिन, हेप्टाक्लोर, एक्जो इपोअक्साइडजस्ता निषेधित विषादी पनि प्रशस्त प्रयोग गरिएको पाइयो ।
सन् २०१३ मा जर्मनीबाट ठूलो मात्रामा नेपाल भित्रिएको विषादी अमलेखगञ्जमा स्टोर गरिएको थियो जसलाई सरकारले पुन: जर्मनी नै फिर्ता गर्यो । खुल्ला बोर्डरका कारण भारी मात्रामा नेपाल भित्रिने विषादीयुक्त खाद्यान्न मात्र नभएर विषादी स्वयं नै नेपालमा अहिले ठूलो जोखिम, चुनौती एवं समस्या भएको छ । मुख्यत: बालीमा काम गर्ने कृषक, गृहिणी तथा बालबालिकाहरूलाई यसको प्रत्यक्ष असर परेको छ ।