विश्वकै पहिलो महिला ब्लाइन्ड क्रिकेट टिम
विश्वमै पहिलो महिला ब्लाइन्ड क्रिकेट टिम नेपालमा स्थापना भएको हो । सन् २००९ देखि सुरु भएको यो टिमले २०१४ मा यूकेसँगको खेल जितेको थियो ।
फेन्सिङ अर्थात् तरबारबाजी ओलम्पिक इतिहासमा निकै पुरानो खेल हो, तलबारबाजी उत्तिकै लोकप्रिय पनि छ भन्दा फरक पर्दैन, तर यही खेल नेपालका लागि नयाँ हो अर्थात् भर्खर–भर्खर भित्रिएको खेल हो । वास्तवमै यो खेल के हो र यसका नियम के–के हुन् ?
नबुझ्ने पनि उत्तिकै छन् । यद्यपि यही खेलबाट नेपालले खुसीको समाचार पाएको छ र हुन सक्छ, आउने दिनमा यो खेल नेपालमा लोकप्रियसमेत हुनेछ । समाचारअनुसार नेपालकी अनिता कार्कीले थाइल्यान्डको बैंककमा सम्पन्न सीयू ओपन फेन्सिङ च्याम्पियनसिपसमा कांस्य पदक जितेकी छिन् । नेपालले यो खेलमा जितेको यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो, तसर्थ यसको छुट्टै ऐतिहासिक महत्व छ ।