सकसमा खेलाडी
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दो पुम्सेतर्फ दुई स्वर्ण जितेकी आयशा शाक्य एसियन च्याम्पियनसिपका लागि तयारी गर्दै थिइन् । सन् २०२० मा हुने भनिएको च्याम्पियनसिपमा सहभागी हुन उनको तयारी थियो ।
विश्वमै पहिलो महिला ब्लाइन्ड क्रिकेट टिम नेपालमा स्थापना भएको हो । सन् २००९ देखि सुरु भएको यो टिमले २०१४ मा यूकेसँगको खेल जितेको थियो । अहिले काठमाडौं, पोखरा, रुपन्देही, चितवन, बाँके, कैलाली, कञ्चनपुरमा पनि ब्लाइन्ड महिला क्रिकेट टिम छन् । क्रिकेट फर ब्लाइन्डकी कप्तान भगवती भट्टराई हुन् । ब्लाइन्ड क्रिकेट एसोसिएसनका अध्यक्ष पवन घिमिरेका अनुसार २००६ सालबाटै पुरुष तथा महिलाले एउटै टिमबाट क्रिकेट खेल्न थाल्दा दृष्टिविहीन महिलाहरू हामीले सक्दैनौं भनेर डराउँथे तर अहिले उत्साहपूर्वक तालिममा सहभागी हुन्छन् । अहिलेसम्म १ सय ५० जना दृष्टिविहीन महिलाले क्रिकेटको तालिम लिइसकेका छन् ।