‘आलोचनाले नै अघि बढ्न हौसला दियो’
पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन एसिया छनोट जित्दै ओलम्पिकमा पुगेकी छन् ।
विश्वमै पहिलो महिला ब्लाइन्ड क्रिकेट टिम नेपालमा स्थापना भएको हो । सन् २००९ देखि सुरु भएको यो टिमले २०१४ मा यूकेसँगको खेल जितेको थियो । अहिले काठमाडौं, पोखरा, रुपन्देही, चितवन, बाँके, कैलाली, कञ्चनपुरमा पनि ब्लाइन्ड महिला क्रिकेट टिम छन् । क्रिकेट फर ब्लाइन्डकी कप्तान भगवती भट्टराई हुन् । ब्लाइन्ड क्रिकेट एसोसिएसनका अध्यक्ष पवन घिमिरेका अनुसार २००६ सालबाटै पुरुष तथा महिलाले एउटै टिमबाट क्रिकेट खेल्न थाल्दा दृष्टिविहीन महिलाहरू हामीले सक्दैनौं भनेर डराउँथे तर अहिले उत्साहपूर्वक तालिममा सहभागी हुन्छन् । अहिलेसम्म १ सय ५० जना दृष्टिविहीन महिलाले क्रिकेटको तालिम लिइसकेका छन् ।