Successfully Copied

दुखाइ सचेतनाको महिना 

हरेक वर्ष सेप्टेम्बर महिनालाई पेन अर्थात् दुखाइ सचेतना महिनाका रूपमा मनाइन्छ । इन्टरनेसनल एसोसियसन फर द स्टडी अफ पेनको आह्वानमा सेप्टेम्बरलाई दुखाइ सचेतना महिनाका रूपमा मनाइन थालेको हो । यसको सुरुवात सन् २००१ मा संयुक्त राज्य अमेरिकाबाट भएको हो   ।

उप प्रा.– एनेस्थेसियोलोजी विभाग, पेन युनिट, त्रि.वि., शिक्षण अस्पताल 

हरेक वर्ष सेप्टेम्बर महिनालाई पेन अर्थात् दुखाइ सचेतना महिनाका रूपमा मनाइन्छ । इन्टरनेसनल एसोसियसन फर द स्टडी अफ पेनको आह्वानमा सेप्टेम्बरलाई दुखाइ सचेतना महिनाका रूपमा मनाइन थालेको हो । यसको सुरुवात सन् २००१ मा संयुक्त राज्य अमेरिकाबाट भएको हो । पहिले यसलाई सेप्टेम्बर २७ का दिन मात्र मनाइन्थ्यो ।

अहिले सेप्टेम्बर २७ मा चाहिँ ब्ल्यू डेका रूपमा नीलो कपडा लगाउने चलन छ । नेपालमा नेपाल एसोसियसन फर द स्टडी अफ पेनले दुखाइ व्यवस्थापनसम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको छ । यो वर्षको नारा ‘लेट्स टक अबाउट पेन सिस्टम’ हो । अव्यवस्थित जीवनशैली तथा अस्वस्थकर खानेकुराका कारण दीर्घकालीन रोगको प्रकोप बढ्दै गएको छ । यसले गर्दा कतिपय बिरामीले लामो समयसम्म दुखाइको सामना गर्नुपर्छ ।

उचित उपचार नपाएर सामान्य रोगले पनि जटिल रुप लिन पुग्छ । कुनै पनि अंगमा आफ्नो दैनिक क्रियाकलाप गर्न नै बाधा हुने गरी लामो समयसम्म एकनासले वा तीन महिनाभन्दा बढी असह्य पीडा हुनु नै दीर्घकालीन दुखाइ हो ।

लामो समयदेखिको ढाड दुख्ने समस्या, सर्भिकल स्पोन्डिलोसिस, हाड जोर्नीको दुखाइ, बाथका कारण हुने दुखाइ, टाउको दुख्ने, क्यान्सर रोगका कारण हुने दुखाइ, जनैखटिरापछि हुने दुखाइ आदिलाई दीर्घकालीन दुखाइका उदाहरण मान्न सकिन्छ ।

कुनै रोगको उपचार गर्न आएका बिरामीको रोग निको भयो तर दुखाइ तीनमहिनासम्म पनि कायम रह्यो भने दुखाइ व्यवस्थापनको आवश्यकता हुन्छ । दुखाइको उपचार आवश्यकताअनुसार औषधी, व्यायाम, अकुपंचर, फिजियोथेरापी, इन्टरभेनसनल पेन म्यानेजमेन्ट एवं अपरेशनको माध्यमबाट गरिन्छ भने दुखाइको अवस्था तथा आवश्यकताअनुसार उपचार विधि अपनाइन्छ । 

 Image